सल्यानको कुमाख- १ मा माओवादी केन्द्रको प्यानल नै विजयी « Khabarhub

सल्यानको कुमाख- १ मा माओवादी केन्द्रको प्यानल नै विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सल्यानको कुमाख गाउँपालिका– १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् ।

काग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन् । यस्तै महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।

उक्त वडाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बुढाथोकीलाई ५५८ मत प्राप्त भएको छ भने माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५१७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपाध्यक्ष पदमा माओवादी केन्द्रका धनसरा मल्लले ५५८ मत प्राप्त गरेका छन् भने कांग्रेस, एमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार एमालेका लालबहादुर रावतले ४८० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ५५ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने