नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन « Khabarhub

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ। वर्षासँगै गए राति १२:४५ बजे चितवनको इच्छाकामना-६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।

अहिले बिहान पहिरो पन्छाइ दुईतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चार दिनपछि आँबुखैरेनी सडक दुईतर्फी

भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आँबुखैरेनी गाउँपालिका-४ पावरहाउस नजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो।

शुक्रबार सडक भासिँदा एकतर्फीमात्रै सवारी सञ्चालन हुँदै आएको थियो। शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ।

साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ। दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको छ।

यात्रुवाहक सवारीसाधनलाई दुईतर्फी सञ्चालन गरिए पनि मालवाहक सवारीसाधनलाई भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ७ : ३७ बजे

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति