एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा « Khabarhub

एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो ।

बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्माको राजीनामा मागिएको हो ।

मंगलबार बैठकको सुरुमै एमालेका सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माले पदमा बस्न नैतिक हिसाबले नमिल्ने र यसबारे प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए ।

‘यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ ? प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्छ कि पर्दैन ? मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन,’ पाण्डेले बैठकमा भने ।

यसबारे सोमबारको बैठकमा समेत एमालेले प्रश्न उठाए पनि जवाफ नआएको भन्दै पाण्डेले अब जवाफ नआएसम्म सदन कामकारबाही अगाडि नबढाउन सभामुखलाई आग्रह गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताए । सोही क्रममा एमाले प्रमुख सचेतक विशाल भट्टराईले पनि अर्थमन्त्री शर्माको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग्दै मन्त्रालयगत विषयमा भएको छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूचीबाट हटाउन माग गरे ।

अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूचीबाट नहटाएसम्म बैठक चल्न नसक्ने भट्टराईले बताइरहँदा एमालेका सांसद उठेर सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको र सुनुवाइ हुने आश्वासन दिएपछि अहिले प्रतिनिधिसभाको बैठक चलिरहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १ : ५६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको