विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिने क्रम जारी « Khabarhub

विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिने क्रम जारी


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा युवा तथा खेलकुद, सहरी विकास, कृषि तथा पशुपक्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, खानेपानी, अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा युवा तथा खेलकुद मन्त्रीका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सांसदका जिज्ञासाको जवाफ दिँदै युवालाई स्वदेशमै रोजगारी दिने विषय साझा विषय भएको र यसमा विभिन्न मन्त्रालयअन्तर्गत धेरै कार्यक्रम रहेको बताए । साथै उहाँले बजेटमा भएका एक विद्यालय एक मैदानलगायत कार्यक्रम यसै आर्थिक वर्षदेखि सुरु हुने बताउँदै नर्सिङ पढाइलाई अझै गुस्तरीय बनाउन नयाँ मापदण्ड लागू गरिएको स्पष्ट पारे ।

सो विषय सम्बन्धमा सांसद विमला विश्वकर्मा, डिला सङ्ग्रौला पन्त, प्रेम सुवाल, मनकुमारी जिसी, सरिता कुमारी गिरी, रेनुका गुरुङ, विमला विकला।, मीना सुब्बा, मैनाकुमारी भण्डारीले स्पष्टीकरण माग गरेका थिए । यसैगरी कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले सांसदका जिज्ञासाको जवाफ दिँदै कृषि उत्पादनको पछिल्लो अवस्था र मागसम्बन्धी तथ्याङ्क पेश गर्दै बजेटमा प्रवर्द्धनका विभिन्न कार्यक्रम रहेको अवगत गराए ।

उनले कृषि पेशालाई सम्मानित, मर्यादित र नाफामूलक बनाइ आत्मनिर्भर बनाउने, यस क्षेत्रका पूर्वाधार विकास गर्ने,  किसान सुरक्षा कार्यक्रमअन्तर्गत किसानलाई पेन्सन प्रदान गर्नका लागि सूचीकरण गर्न बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो । गहुँ कुखुराको मासु र अण्डामा अहिले करिब आत्मनिर्भरको अवस्था रहेको बताउँदै मन्त्री यादवले आगामी दुई वर्षमा आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउने गरी बजेटमा कार्यक्रम प्रस्ताव गरिएको बताए ।

पशुपक्षी बीमा र २०७९ साललाई कृषि जैविक विविधताको वर्षका रुपमा मनाउन बजेटमा प्रस्ताव गरिएको जानकारी गराउँदै उनले गतवर्ष धानबालीमा वर्षाले गरेको क्षतिको राहत दिने बारेमा लागत तयारी गरी गृहमन्त्रालय पठाइसकेको र त्यसका लागि रु पाँच अर्ब छुट्याइसकेको जानकारी गराए । उनले आफ्नो मन्त्रालयको कार्यक्षेत्रअनुसार उखुको मूल्य निर्धारण गरी उद्योग मन्त्रालय पठाइसकेको स्पष्ट पार्दै मलखादको वितरणलाई पारदर्शी बनाउनका लागि अनलाइनको व्यवस्था गर्न निर्देशन गरिसकेको समेत बताए । 

स्वदेशमै रासायनिक मल कारखाना कहिले स्थापना हुन्छ भन्ने जिज्ञासामा उनले त्यसका लागि बजेट छुट्याइएको र लगानी बोर्डमा समेत छलफल अघि बढेको स्पष्ट पारे। बैठकमा सांसद गङ्गा चौधरी सत्गौवा, निरुदेवी पाल, झपटबहादुर रावल, विमला विश्वकर्मा, प्रेम सुवाल, घनश्याम खतिवडा, खेमप्रसाद लोहनी, विमला बिक, पार्वता डिसी चौधरी, डा. डिला सङ्ग्रौला पन्त, रामेश्वरराय यादव, प्रमोद साहले स्पष्टीकरण माग गरेका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ५४ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ