चार लाख १६ हजार १५२ बिरामीलाई बहिरङ्ग सेवा « Khabarhub

चार लाख १६ हजार १५२ बिरामीलाई बहिरङ्ग सेवा


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जले चालु आर्थिक वर्षको ११ महिनामा चार लाख १६ हजार १५२ लाई बहिरङ्ग सेवा प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित सो अस्पतालले दैनिक दुई हजारदेखि दुई हजार ५०० बिरामीलाई बहिरङ्ग सेवा प्रदान गर्दै आएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जानकारी दिए । 

अस्पतालको ४० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘दीर्घसेवा सम्मान तथा प्रमाणपत्र वितरण’ कार्यक्रममा कार्यकारी निर्देशक प्रा डा काफ्लेले ३६ वटा विभिन्न विभागमार्फत बिरामीको उपचार गर्दै आएको बताए । यस्तै, अस्पतालले ११ महिनामा विभिन्न रोगका २७ हजार बिरामीलाई भर्ना गरेर उपचार गर्नुका साथै एक हजार ७०० कडा खालको रोगको समेत उपचार गरेको प्रा डा काफ्लेले बताए । कडा रोगमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत छन् ।

तीन सय शय्याबाट आफ्नो यात्रा थालनी गरेको टिचिङ अस्पतालले हाल एक हजार शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ । उनले त्रिवि शिक्षण अस्पताल पछिल्लो समय नेपालीको आशाको केन्द्रका रुपमा विकास हुँदै गएको बताए । अस्पतालको ४० औँ वार्षिकोत्सवका अवसरमा आजै अस्पतालमा निरन्तर २५ वर्षभन्दा बढी समय सेवा गर्ने ७५ जना कर्मचारी, डाक्टर तथा नर्सलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ ।

अस्पतालका कर्मचारी, डाक्टर तथा नर्सलाई सम्मान गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थानकी डिन प्रा.डा दिव्यासिंह शाहले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले बिरामीका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउँदै त्रिवि अस्पतालको गरिमालाई सधैँ कायम राख्न सबैलाई आग्रह गरे ।

‘अस्पतालको उन्नति र प्रगतिसँग डाक्टर, नर्स र कर्मचारी उन्नति र भविष्य जोडिएको छ, त्यसैले अस्पताललाई अगाडि बढाउन मेहनत, लगनशील र व्यवसायी भएर लागौँ’, उनले भने। प्रा डा शाहले सबै नेपाली र विद्यार्थीको पहुँच भएको टिचिङ अस्पताललाई अगाडि बढाउन सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ६० भन्दा बढी स्वास्थ्य विधाको पढाइसमेत हुँदै आएको छ । 

 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ६ : ०६ बजे

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामथ्र्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक