खानेपानी आयोजनामा बजेट अभाव हुँदैन : वरिष्ठ नेता पौडेल « Khabarhub

खानेपानी आयोजनामा बजेट अभाव हुँदैन : वरिष्ठ नेता पौडेल


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन खानेपानी आयोजनामा बजेट अभाव नहुने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१३ स्थित छाब्दी पम्पिङ खानेपानी आयोजनाको ट्याङ्की निर्माण कार्यको आज निरीक्षण गर्दै वरिष्ठ नेता पौडेलले आयोजनामा बजेट अभाव हुन नदिने उल्लेख गरे ।

निर्धारित समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै पौडेलले आवश्यक परेको खण्डमा संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गरे । कांग्रेसको नेतृत्वमा विकास निर्माणको कामले तीव्रता पाएको बताउँदै नेता पौडेलले आगामी दिनमा यस क्षेत्रको विकासमा आफ्नो सदैव सहयोग रहने बताए ।

 निरीक्षणका क्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका–१३ का वडाध्यक्ष बसन्तबहादुर आलेको सहभागिता थियो । गण्डकी प्रदेश सरकारको रु पाँच करोड लागतमा ट्याङ्की निर्माण भइरहेको छ ।

क्रमागत योजनाअन्तर्गत हालसम्म रु तीन करोड बजेट प्राप्त भएको छ । ७० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष भरत थापाले जानकारी दिए । ट्याङ्की निर्माणपश्चात् पोखरीभञ्ज्याङका सात सय घरधुरीमा पानी वितरण गर्ने तयारी छ । त्यसका लागि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ६ : १६ बजे

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को