हात्तीका दाह्रा ओसारपसार तथा वेचबिखन कसुरमा फरार रहेका एकजना पक्राउ « Khabarhub

हात्तीका दाह्रा ओसारपसार तथा वेचबिखन कसुरमा फरार रहेका एकजना पक्राउ


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरंक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा वेचबिखन कसुरमा संलग्न रही फरार रहेका झापा अर्जुनधारा नगरपालिका – ३ खुदुनाबारी बस्ने इलाम झरनाचोक घर भएका २५ वर्षीय रमेश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका – ३ चक्रपथस्थित होटेल ओदानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा २०७८ फागुन २७ गते केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले १५ किलो ६८ ग्राम हात्तीको दाह्रा सहित ३ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाएको थियो ।

अनुसन्धानको क्रममा सोही कसुरमा संलग्न रहेको खुल्न आई फरार रहेका रमेशलाई सोही ब्युरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा झापा खुदुनाबारीबाट पक्राउ गरेको हो ।

उनलाई समेत आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ९ : ४६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल