हात्तीका दाह्रा ओसारपसार तथा वेचबिखन कसुरमा फरार रहेका एकजना पक्राउ « Khabarhub

हात्तीका दाह्रा ओसारपसार तथा वेचबिखन कसुरमा फरार रहेका एकजना पक्राउ


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरंक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा वेचबिखन कसुरमा संलग्न रही फरार रहेका झापा अर्जुनधारा नगरपालिका – ३ खुदुनाबारी बस्ने इलाम झरनाचोक घर भएका २५ वर्षीय रमेश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका – ३ चक्रपथस्थित होटेल ओदानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा २०७८ फागुन २७ गते केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले १५ किलो ६८ ग्राम हात्तीको दाह्रा सहित ३ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाएको थियो ।

अनुसन्धानको क्रममा सोही कसुरमा संलग्न रहेको खुल्न आई फरार रहेका रमेशलाई सोही ब्युरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा झापा खुदुनाबारीबाट पक्राउ गरेको हो ।

उनलाई समेत आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ९ : ४६ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा