नेपाल–चीन सीमासम्बन्धी बैठक: रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्ने सहमति « Khabarhub

नेपाल–चीन सीमासम्बन्धी बैठक: रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्ने सहमति


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति भएको छ ।

नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकले उक्त नाकाबाट साम्रगी आयात र निर्यात गर्न सहमति जुटाएको हो । यसअघि चीनले कोरोना भाइरसको कारण देखाउँदै अघोषित रुपमा नाका बन्द गरेको थियो ।

सीमा नाकाबाट आयात र निर्यात गर्न सहमत भए पनि कोरोना भाइरस मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।

चीनले पछिल्लो समय नेपालमा सीमित मात्रामा कन्टेनर पठाउँदै आएको थियो भने नेपालबाट निर्यात गर्न दिएको थिएन ।

चीनको यो कदमले नेपाली व्यापारीहरु रुष्ट हुँदै आएका थिए भने उनीहरुले आफ्नो ठूलो लगानी फसेको भन्दै नेपाल सरकारलाई सहमति जुटाइदिन आग्रह गर्दै अएका थिए । तर, चीनले यसबारेमा चासो देखाएको थिएन ।

बिहीवार भएको भर्चुअल बैठकमा रसुवागढी–केरुङ नाकाका साथै हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णयमा सहमति भएको हो ।

‘नेपाल–चीन सीमा परामर्श बैठक’मा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, नापी विभाग, बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक र ल्हासास्थित नेपाली महावाणिज्य दूतको सहभागिता रहेको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय र चीनका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू, चीनको तिब्बत स्वायत्त क्षेत्रका विदेश मामिला कार्यालय र अन्य विभागहरू तथा काठमाडौंस्थित चीनको राजदूतावासका कार्यवाहकहरू सहभागी थिए ।

 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ११ : ०६ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता