विश्व इतिहासमा आज : पहिलो यूथ ओलम्पिकको उद्घाटनदेखि पाकिस्तान स्वतन्त्रसम्म « Khabarhub

विश्व इतिहासमा आज : पहिलो यूथ ओलम्पिकको उद्घाटनदेखि पाकिस्तान स्वतन्त्रसम्म


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन २९ गते आइतबार । सन् २०२२ को अगस्ट १४ तारिख । यस्ता छन् आजको दिन इतिहासमा भएका केही घटनाक्रम:

सन् २०१० अगस्ट १४ मा सिंगापुरमा पहिलो यूथ ओलम्पिकको उद्घाटन भएको थियो । सो ओलम्पिकमा १४ देखि १८ वर्षका एथलिटहरुले सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सो प्रतियोगिता हरेक ४ वर्षमा आयोजना गर्दै आएको छ ।

सन् २००७ अगस्ट १४ मा इराकको मोसुल नजिक याजिदी टाउनमा आत्मघाती बम आक्रमण हुँदा ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सन् १९९५ अगस्ट १४ मा शानन फकनर सैनिय कलेज ‘द सितादेल’ मा प्रवेश गर्ने पहिलो महिला बनिन् । ‘द सितादेल’ आफ्नो कडा अनुशासन, परम्परा र बलियो पूर्व विद्यार्थी संजालको लागि परिचित छ ।

सन् १९७१ अगस्ट १४ मा स्ट्यानफोर्ड जेल परीक्षण सुरु भएको थियो । विवादास्पद रहेको सो परीक्षणले जेल सेटिङमा हुने प्राधिकरणको असरबारे अध्ययन सुरु गरेको थियो । विषयको प्रतिकुल प्रभावका कारण सो परीक्षणलाई छैटौँ दिनमा बन्द गरिएको थियो ।

सन् १९४७ अगस्ट १४ मा पाकिस्तान बेलायती अतिक्रमणबाट स्वतन्त्र भयो । भारत र पाकिस्तानलाई विभाजन गरेसँगै पाकिस्तानले स्वतन्त्रता पाएको थियो । लियाकत अली खान स्वतन्त्र पाकिस्तानको पहिलो प्रधानमन्त्री बने।

सन् १९४५ अगस्ट १४ मा जापानले बिना शर्त दोस्रो विश्व युद्धमा आत्मसमर्पणको घोषणा गरेको थियो । औपचारिक लिखित रुपमा भने जापानले २ हप्तापश्चात आत्मसमर्पण गरेको थियो ।

सन् १९३५ अगस्ट १४ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति फ्रैंकलिन डी रुजवेल्टले सामाजिक सुरक्षा ऐनमा हस्ताक्षर गर्दै कानुनमा परिणत गरेका थिए। यस कानुनले बेरोजगार, अपाङ्गता भएका व्यक्ति र सेवानिवृत्तहरुको सुविधा सुनिश्चित गरेको थियो ।

सन् १९१७ अगस्ट १४ मा चीनले तटस्थता त्यागेर जर्मनीमाथि युद्ध घोषणा गरेको थियो । सोही दिन पहिलो विश्व युद्धले चौथो वर्षमा प्रवेश पायो।

सन् १९०४ अगस्ट १४ मा उल्सानको युद्ध सुरु भएको थियो । रुसो–जापानी युद्ध अन्तर्गत सो लडाई भएको थियो ।

सन् १९०० अगस्ट १४ मा यूरोपियन एलाइन्सको बेइजिङ कब्जा गरेको थियो । सो एलाइन्समा जापान, रुस, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, अस्ट्रिया–हङ्गेरी र इटालीका १९ हजार सिपाहीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ५० बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी