विश्व इतिहासमा आज : पहिलो यूथ ओलम्पिकको उद्घाटनदेखि पाकिस्तान स्वतन्त्रसम्म « Khabarhub

विश्व इतिहासमा आज : पहिलो यूथ ओलम्पिकको उद्घाटनदेखि पाकिस्तान स्वतन्त्रसम्म


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन २९ गते आइतबार । सन् २०२२ को अगस्ट १४ तारिख । यस्ता छन् आजको दिन इतिहासमा भएका केही घटनाक्रम:

सन् २०१० अगस्ट १४ मा सिंगापुरमा पहिलो यूथ ओलम्पिकको उद्घाटन भएको थियो । सो ओलम्पिकमा १४ देखि १८ वर्षका एथलिटहरुले सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सो प्रतियोगिता हरेक ४ वर्षमा आयोजना गर्दै आएको छ ।

सन् २००७ अगस्ट १४ मा इराकको मोसुल नजिक याजिदी टाउनमा आत्मघाती बम आक्रमण हुँदा ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सन् १९९५ अगस्ट १४ मा शानन फकनर सैनिय कलेज ‘द सितादेल’ मा प्रवेश गर्ने पहिलो महिला बनिन् । ‘द सितादेल’ आफ्नो कडा अनुशासन, परम्परा र बलियो पूर्व विद्यार्थी संजालको लागि परिचित छ ।

सन् १९७१ अगस्ट १४ मा स्ट्यानफोर्ड जेल परीक्षण सुरु भएको थियो । विवादास्पद रहेको सो परीक्षणले जेल सेटिङमा हुने प्राधिकरणको असरबारे अध्ययन सुरु गरेको थियो । विषयको प्रतिकुल प्रभावका कारण सो परीक्षणलाई छैटौँ दिनमा बन्द गरिएको थियो ।

सन् १९४७ अगस्ट १४ मा पाकिस्तान बेलायती अतिक्रमणबाट स्वतन्त्र भयो । भारत र पाकिस्तानलाई विभाजन गरेसँगै पाकिस्तानले स्वतन्त्रता पाएको थियो । लियाकत अली खान स्वतन्त्र पाकिस्तानको पहिलो प्रधानमन्त्री बने।

सन् १९४५ अगस्ट १४ मा जापानले बिना शर्त दोस्रो विश्व युद्धमा आत्मसमर्पणको घोषणा गरेको थियो । औपचारिक लिखित रुपमा भने जापानले २ हप्तापश्चात आत्मसमर्पण गरेको थियो ।

सन् १९३५ अगस्ट १४ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति फ्रैंकलिन डी रुजवेल्टले सामाजिक सुरक्षा ऐनमा हस्ताक्षर गर्दै कानुनमा परिणत गरेका थिए। यस कानुनले बेरोजगार, अपाङ्गता भएका व्यक्ति र सेवानिवृत्तहरुको सुविधा सुनिश्चित गरेको थियो ।

सन् १९१७ अगस्ट १४ मा चीनले तटस्थता त्यागेर जर्मनीमाथि युद्ध घोषणा गरेको थियो । सोही दिन पहिलो विश्व युद्धले चौथो वर्षमा प्रवेश पायो।

सन् १९०४ अगस्ट १४ मा उल्सानको युद्ध सुरु भएको थियो । रुसो–जापानी युद्ध अन्तर्गत सो लडाई भएको थियो ।

सन् १९०० अगस्ट १४ मा यूरोपियन एलाइन्सको बेइजिङ कब्जा गरेको थियो । सो एलाइन्समा जापान, रुस, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, अस्ट्रिया–हङ्गेरी र इटालीका १९ हजार सिपाहीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ५० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००