सम्पत्ति राज्यको नाममा गरिसकेँ, उपचार गर्ने पैसा छैन : ओली « Khabarhub

सम्पत्ति राज्यको नाममा गरिसकेँ, उपचार गर्ने पैसा छैन : ओली

'अरु दलजस्तो नातावाद भएको पार्टी एमाले होइन, मेरो भाइ हलो जोतेर जीविका चलाउँछ'


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसा नभएको दाबी गरेका छन्।

आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा सरकारको नाममा गरिदिएको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न नसक्ने बताए।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘तपाईंहरुले उपचार गरिदिनुभयो भने हुन्छ। मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु।’

आफ्नो सबै सम्पत्ति राज्यको भइसकेको बताउँदै ओलीले अन्य शीर्ष नेताहरुलाई पनि सम्पत्ति राज्यको नाममा गराउन चुनौती दिँदै आएका छन् ।

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै छोरी, बुहारी र ज्वाइँलाई पार्टीका शीर्ष तहमा ल्याउने पार्टी एमाले नभएको उल्लेख गरे। आफ्नो भाइ वडा कमिटीमा रहेर काम गरिरहेको पनि सुनाए। ‘मेरो एक जना भाइ छ, उ अहिले भद्रपुरमा हलो जोतेर आफ्नो जीविका चलाएर बसेको छ उ अहिले वडा कमिटीमा संगठित रहेको छ।’ उनले आफ्नो श्रीमती पनि राजनीतिमा नआउने उल्लेख गरे।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १ : २६ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा