सिरहामा ६५ प्रतिशत मतदान, मतगणनाको तयारी हुँदै « Khabarhub

सिरहामा ६५ प्रतिशत मतदान, मतगणनाको तयारी हुँदै


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सिरहा- बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिरहामा करिब ६५ प्रतिशत मतदान भएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बिहानदेखि सुरु भएको मतदानका क्रममा कुल दुई लाख ९० हजार ४४७ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार खसेको मतमध्ये एक लाख ५८ हजार ५७७ महिला, एक लाख ३१ हजार ८६८ पुरुष तथा दुई जना अन्य मतदाता रहेका छन् ।

जिल्लामा कुल चार लाख ५३ हजार ६४५ मतदाता रहेका थिए । निर्वाचनपछि सबै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित सङ्कलन केन्द्रमा ल्याइएको छ । मतगणना सुरु गर्ने विषयमा उम्मेदवारका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय सिरहाका मुख्य निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार मतदान सम्पन्न भएसँगै उम्मेदवारका प्रतिनिधि तथा सम्बन्धित पदाधिकारीहरू मिलेर मतगणनास्थलको निरीक्षण गरेपछि मतगणना सुरु गरिने जानकारी दिए ।

“चारै निर्वाचन क्षेत्रमा मतगणनाका लागि स्थल तयारी अवस्थामा छन् । उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल गरेर सहमति बने आजै रातिबाट मतगणना सुरु गर्ने तयारीमा छौँ”, उप्रेतीले भने ।

मतगणनाका लागि सिरहा–१ को मतगणना लहान नगरपालिकाको सभाहलमा, सिरहा–२ को धनगढीमाई नगरपालिकाको कार्यालयमा, सिरहा–३ को सिरहा नगरपालिकाको कार्यालयमा र सिरहा–४ को मिर्चैयास्थित रेडक्रस भवनमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ३७ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो