भारतमा एकै दिन १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिए, ४१ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतमा एकै दिन १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिए, ४१ जनाको मृत्यु


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित पाइएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार ९२ नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख ५३ हजार चार सय ६४ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १६ हजार आठ सय ६१ रहेको छ ।

कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार नौ सय ३७ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १६ हजार चार सय ५४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ९ हजार पाँच सय ६६ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब ७ करोड ९९ लाख ६३ हजार पाँच सय ५५ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ३ : ३४ बजे

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे

घर भत्किँदा किचिएर बालकको मृत्यु

सर्लाही – यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर

जनताका मुद्दा स्थापित गराउन सफल भएको रास्वपाकाे निष्कर्ष

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज भैरहवामा

जानकीलाई स्वास्थ्यमन्त्रीको फोन : देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ

काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बैतडीको विकट गाउँमा सेवा

पब्जी मोबाइल विश्वकप : नेपालको ‘होर ईस्पोर्ट्स’ अन्तिम १६ मा

काठमाडौं – नेपालको ‘होर ईस्पोर्ट्स’ टोलीले अन्तर्राष्ट्रिय पब्जी मोबाइल विश्वकपको