मापसे गरेरै स्कुल बस सरर… « Khabarhub

मापसे गरेरै स्कुल बस सरर…


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्कुल भन्ने बित्तिकै सबैको मनमा बोध हुन्छ विद्याको मन्दिर । बालबालिकाको पहिलो गुरु आफ्ना बाबुआमा हुन् भने दोस्रो पढाउने शिक्षक हुन् । विद्यालयलाई विद्या र बुद्धिको मार्गदर्शकका रूपमा सबैले लिने गरेका छन् ।

त्यही विद्यालयमा दैनिक विद्यार्थीलाई ल्याउने लैजाने बस पनि विद्याको मन्दिरकै एउटा भाग हो । त्यसमाथि सुन्दर भविष्यको सपना बोकेर स्कुल जाने धेरै विद्यार्थीको जीवन चालकको स्टेरिङमा अडिएको पनि हुन्छ ।

त्यस्ता भविष्यका कर्णधार बोकेर शिक्षाको मुहानमा पुग्ने स्कुल बसका चालक भने रक्सी ९मदिरा० पिएर बस चलाउँछन् भन्दा अनौठो लाग्नु स्वाभाविक नै हो । काठमाडौँ उपत्यकामा यस्तै घटनाहरु फेला पर्दै आएका छन् । उक्त घटना आज बिहान पनि दोहोरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चलाएको स्कुल बसको सुरक्षा जाँच अभियानका क्रममा मापसे गरेर गाडी चलाउने ६ जना चालक भेटिए । प्रहरीले उक्त अभियान बिहान ५ः३० बजे ८ः३० बजेसम्म सञ्चालन गर्दा उनीहरु मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा फेला परेपछि कारबाही गरेको हो ।

यसरी मापसे गरेर बस चलाउने चालकहरुमा ओमेगा सेकेण्डरी स्कुल कुमारीपाटीको बा३क ९३५ नम्बरका बस चालक इन्द्रबहादुर श्रेष्ठ, टाइम इन्टरनेश्नल कलेजको बा१क ९४५६ नम्बरका बस चालक राजकुमार श्रेष्ठ र त्रियोग हाइस्कुलको बा१क ९३५६ नम्बरका बस चालक साङ्गेल शेर्पा रहेका छन् ।

त्यस्तै रेडियन्ट पब्लिक स्कुलको बा८च ९३८३ नम्बरका भ्यान चालक शिवकुमार क्षेत्री, ओरेन्ट इष्ट मन्टेश्वरी स्कुल बल्खुको बा१८च ९८०१ नम्बरका भ्यान चालक मनोज महर्जन र निटिज बोर्डिङ स्कुल कुपण्डोलको विएवी ००६४ नम्बरका भ्यान चालक भीमसेन नेपालीलाई समेत मापसे गरेर स्कुल बस चलाएको भन्दै कारबाही गरिएको छ ।

आजै मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियमानुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्का चालकमार्फत विद्यार्थीलाई गन्तव्यमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जना स्कुल बसका चालकलाई समेत कारबाही गरिएको जनाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउन ८ गतेदेखि स्कुल बस जाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म एक सय १७ वटा स्कुल बसका चालक कारबाहीमा परिसकेका छन् । तीमध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९५ जना चालक छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ९ : ५४ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले