समितिले आज जबरालाई पूरक प्रश्न सोध्ने | Khabarhub Khabarhub

प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण :

समितिले आज जबरालाई पूरक प्रश्न सोध्ने


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने भएको छ।

हिजोसम्म समितिले तयार पारेका ४३ प्रश्नको जवाफ जबराले दिए पछि आज पूरक प्रश्न सोध्नका लागि जबरालाई बिहान ९ बजे बस्ने बैठकमा बोलाइएको छ।

यसअघि १३ दिनमा समितिका ४ वटा बैठक बसेको थियो। प्रतिनिधिसभाका सांसदहरुको कार्यकाल असोज १ गते नै सकिने भएपछि समितिले अबको एक-दुई दिनमा महाअभियोसम्बन्धी प्रतिवेदनलाई अन्तिम रुप दिने समितिको तयारी छ।

बयान सकिने अन्तिम दिन जबराले आफूमाथि लागेको महाभियोगको जड प्रतिनिधिसभा विघटनको फैसला भएको दाबी गर्दै सबै आरोप निराधार र कृत्रिम भएकाले निष्क्रिय गरिदिन समितिलाई आग्रह गरेका थिए।

गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ०३ बजे

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

काठमाडौं– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं–  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर