मामाको हत्या आरोपमा भान्जा पक्राउ « Khabarhub

मामाको हत्या आरोपमा भान्जा पक्राउ


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मोरङ- आफ्नै मामा पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ४२ वर्षीय काजी मोहराको दाउ प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनको भान्जालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–८ बस्ने २२ वर्षीय सुजन पाचकोटी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उर्लाबारी नगरपालिका–८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका काजी मोहरालाई घरायसी वादविवादको क्रममा सुजनले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका थिए । उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न सुजनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १ : ०१ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान