कात्तिक ३० गतेदेखि कर्मचारीलाई मतदानस्थल पठाइने « Khabarhub

कात्तिक ३० गतेदेखि कर्मचारीलाई मतदानस्थल पठाइने


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एकसय ३२ मतदानस्थलमा कायम गरिएका दुईसय ८८ मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी छनोट गरेर आवश्यक तालीमसमेत खटाइएको छ । चुनावका लागी खटाइने कर्मचारीको यसअघि नै छनोट गरेर तालिम प्रदान गरिसकेको छ । मतपत्र सहित २८ प्रकारका निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए ।

उनको अनुसार मतदान केन्द्रमा मतदाता सङ्ख्या अनुसार केही स्वंयसेवक राख्नुपर्ने भएकाले त्यसको छनोट गर्ने जिम्मेवारी मतदान अधिकृतलाई दिइएको छ । नुवाकोटमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनको लागि दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा गरेर छ पदको लागि प्रत्यक्षतर्फ कूल ६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नुवाकोटमा दुई लाख ३९ हजार सात सय २६ मतदाता रहेका छन् । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ३ : ४१ बजे

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले