यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : बैतडीको पहिलो जित « Khabarhub

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : बैतडीको पहिलो जित


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली – वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश क्रिकेट छनोट प्रतियोगिताको चौथो दिनको खेलमा बैतडीले दार्चुलालाई ५६ रनले पराजित गर्न गरेको छ । महेन्द्रनगरस्थित कर्वडहलमा भएको खेलमा बैतडीले टस जितेर ब्याटिङ रोजेको थियो । बैतडीले निर्धारित ४० ओभरमा सम्पूर्ण विकेटको क्षतिमा १६८ रन बनाउन सफल भयो । बैतडीका लागि दीपक बोहराले ४५ बलमा सर्वाधिक ९० रन बनाउन सफल भए भने सुदीप कार्की ५९ बलमा ३३ रन तथा प्रदीप चन्दले ११ बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेन ।

बलिङमा दार्चुलाका बिपीन धामीले ८ ओभरमा ३२ रन खर्चिँदै सर्वाधिक ५ विकेट लिन सफल भए । वीरेन वमले ८ ओभरमा ५९ रन खर्चिँदा सागर वमले पनि २।१ ओभरमा १७ रन खर्चिँदै समान २र२ विकेट लिन सफल भए । एक सय ६९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको दार्चुलाले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सम्पूर्ण विकेटको क्षतिमा मात्र एक सय १२ रन बनाउन सक्यो । दार्चुलाका लागि नीरज पार्कीले ३४ बल खेल्दा राजेन्द्र साउदले पनि ५३ बल खेल्दै समान सर्वाधिक १८र१८ रन बनाए । बिपीन धामी २२ बलमा १६ रन तथा सुमन महराले १६ बलमा १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेन ।

बैतडीका लागि सन्तोष बिजालेले ६ ओभरमा २१ रन खर्चिँदै सर्वाधिक ५ विकेट लिन सफल भए भने आकाश चन्दले ५ ओभरमा १७ रन खर्चिँदै २ विकेट लिन सफल भए । वाइवाइ यू १९ प्रादेशिक छनोट एक दिवसीय क्रिकेट प्रतियोगिताको उक्त खेलमा म्यान अफ दी म्याच बैतडीका दीपक बोहरा घोषित भएको जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : २८ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को