उत्तरकोरियाका ह्याकरद्वारा ४०० मिलियन डलरको क्रिप्टोकरेन्सी चोरी | Khabarhub Khabarhub

उत्तरकोरियाका ह्याकरद्वारा ४०० मिलियन डलरको क्रिप्टोकरेन्सी चोरी


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२१ मा उत्तर कोरियाका ह्याकरहरुले ४०० मिलियन डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

ब्लकचेन एनालिसीस कम्पनी ‘चेन एनालिसीस’ले सार्वजनिक गरेको रिपोर्टका अनुसार गत वर्ष उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टोकरेन्सी प्लेटफर्ममा गरेका ७ वटा आक्रमणबाट ४०० मिलियन डलरबराबरको डिजिटल सम्पत्ति चोरी भएको जनाएको सीएनएनले जनाएको छ ।

उत्तर कोरियाली ह्याकरहरुले मुख्य रुपमा इन्भेष्टमेन्ट कम्पनीहरु र सेन्ट्रलाइज्ड एक्सचेञ्जहरुलाई आफ्नो निशाना बनाएका थिए । तर उत्तर कोरियाले भने आफ्नो देशबाट कुनै पनि प्रकारको ह्याक नभएको बताउँदै आएको छ ।

ह्याकरहरुले ह्याक गर्न विभिन्न प्रलोभनपूर्ण तरिकाहरु प्रयोग गर्दै चोरी गरेको पैसा उत्तरकोरिया सरकारद्वारा नियन्त्रित ठेगानामा पठाउने गरेको चेन एनालिसीसले जनाएको छ । यसरी गरिने ह्याक सन् २०२० को तुलनामा ४० प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

क्रिप्टोकरेन्सी हट वालेटहरु इन्टरनेट र त्रिलप्टोकरेन्सी नेटवर्कसँग जोडिएका कारण ह्याक हुने सम्भावना अधिक हुने गर्दछ । इन्टरनेट र क्रिप्टोकरेन्सी नेटवर्कको प्रयोग क्रिप्टोकरेन्सी पठाउन/पाउन तथा आफूसँग कति टोकन छ भन्न प्रयोग गर्ने गरिन्छ ।

उत्तर कोरियाबाट बितेका केही वर्षहरुमा भएका साइबर आक्रमणहरु अमेरिकाले प्रतिबन्ध लगाएको लाजारस नामक समूहबाट भएको र यो समूह उत्तर कोरियाको गुप्तचर विभागबाट सञ्चालित रहेको जनाइएको छ ।

लाजारस गुप्रलाई बिगतमा अन्तराष्ट्रिय बैंक तथा ग्राहकहरुको खाता ह्याक गरेको तथा सन् २०१४ मा सोनी पिक्चरमा साइबर आक्रमण गरेको आरोप लाग्दै आईरहेको छ ।

उत्तर कोरियामा लगाइएको प्रतिबन्धको सुपरिवेक्षण गर्ने संयुक्त राष्ट्रसंघको प्यानलले प्योङयाङले चोरी गरेको पैसा अन्तराष्ट्रिय प्रतिबन्धहरुबाट बच्नका लागि आफ्नो आणविक तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई अगाडि बढाउन प्रयोग गर्ने गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ५ : ०० बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता