उत्तरकोरियाका ह्याकरद्वारा ४०० मिलियन डलरको क्रिप्टोकरेन्सी चोरी « Khabarhub

उत्तरकोरियाका ह्याकरद्वारा ४०० मिलियन डलरको क्रिप्टोकरेन्सी चोरी


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२१ मा उत्तर कोरियाका ह्याकरहरुले ४०० मिलियन डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

ब्लकचेन एनालिसीस कम्पनी ‘चेन एनालिसीस’ले सार्वजनिक गरेको रिपोर्टका अनुसार गत वर्ष उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टोकरेन्सी प्लेटफर्ममा गरेका ७ वटा आक्रमणबाट ४०० मिलियन डलरबराबरको डिजिटल सम्पत्ति चोरी भएको जनाएको सीएनएनले जनाएको छ ।

उत्तर कोरियाली ह्याकरहरुले मुख्य रुपमा इन्भेष्टमेन्ट कम्पनीहरु र सेन्ट्रलाइज्ड एक्सचेञ्जहरुलाई आफ्नो निशाना बनाएका थिए । तर उत्तर कोरियाले भने आफ्नो देशबाट कुनै पनि प्रकारको ह्याक नभएको बताउँदै आएको छ ।

ह्याकरहरुले ह्याक गर्न विभिन्न प्रलोभनपूर्ण तरिकाहरु प्रयोग गर्दै चोरी गरेको पैसा उत्तरकोरिया सरकारद्वारा नियन्त्रित ठेगानामा पठाउने गरेको चेन एनालिसीसले जनाएको छ । यसरी गरिने ह्याक सन् २०२० को तुलनामा ४० प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

क्रिप्टोकरेन्सी हट वालेटहरु इन्टरनेट र त्रिलप्टोकरेन्सी नेटवर्कसँग जोडिएका कारण ह्याक हुने सम्भावना अधिक हुने गर्दछ । इन्टरनेट र क्रिप्टोकरेन्सी नेटवर्कको प्रयोग क्रिप्टोकरेन्सी पठाउन/पाउन तथा आफूसँग कति टोकन छ भन्न प्रयोग गर्ने गरिन्छ ।

उत्तर कोरियाबाट बितेका केही वर्षहरुमा भएका साइबर आक्रमणहरु अमेरिकाले प्रतिबन्ध लगाएको लाजारस नामक समूहबाट भएको र यो समूह उत्तर कोरियाको गुप्तचर विभागबाट सञ्चालित रहेको जनाइएको छ ।

लाजारस गुप्रलाई बिगतमा अन्तराष्ट्रिय बैंक तथा ग्राहकहरुको खाता ह्याक गरेको तथा सन् २०१४ मा सोनी पिक्चरमा साइबर आक्रमण गरेको आरोप लाग्दै आईरहेको छ ।

उत्तर कोरियामा लगाइएको प्रतिबन्धको सुपरिवेक्षण गर्ने संयुक्त राष्ट्रसंघको प्यानलले प्योङयाङले चोरी गरेको पैसा अन्तराष्ट्रिय प्रतिबन्धहरुबाट बच्नका लागि आफ्नो आणविक तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई अगाडि बढाउन प्रयोग गर्ने गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ५ : ०० बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको