टेस्ट कप्तानबाट विराट कोहलीले दिए राजीनामा « Khabarhub

टेस्ट कप्तानबाट विराट कोहलीले दिए राजीनामा


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन्।

दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन्।

कोहलीले राजीनामा दिँदै भने‚ ‘टिमलाई सही दिशा दिन मैले ७ वर्ष देखि दैनिक कडा मेहनत गरेको थिएँ। मैले आफ्नो काम इमान्दारीपूर्वक पूरा गर्न कुनै कसर बाँकी राखिनँ तर जुनसुकै चिजको कुनै न कुनै मोडमा रोकिनु जरुरी हुन्छ। टेस्ट टिमको कप्तानको रूपमा रोकिने समय यो नै उपयुक्त हुने महसुस गरेको छु।’


केही समयअघि उनलाई एकदिवसीय टिमको कप्तानबाट हटाइएपछि उनी असन्तुष्ट थिए।

कोहलीले यसअघि टी-२० विश्वकपपछि टी-२० को कप्तानी छाडेका थिए भने उनलाई एकदिवसीय कप्तानको जिम्मेवारीबाट बीसीसीआईले केही समयअघि हटाएर रोहित शर्मालाई जिम्मेवारी दिएको थियो।

यद्यपि उनी टेस्टको कप्तान भने निरन्तर रहेका थिए। उनले दक्षिण अफ्रिकामा २-१ ले टेस्ट गुमाएसँगै कप्तानीबाट राजीनामा दिने निर्णय लिएका हुन्।

उनले यो यात्राका क्रममा निकै उतरचढाव आए पनि आफूले निरन्तर प्रयास गरेको बताए। उनले आफ्नो टिमका लागि कहिले पनि बेइमानी नगर्ने भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १० : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु