त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवनको शिलान्यास « Khabarhub

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवनको शिलान्यास


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विनासकारी भूकम्पबाट क्षति पुगेको किर्तिपुरस्थीत त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवन निर्माणको शिलान्यास गरिएको छ ।

केन्द्रीय पुस्तकालयको नयाँ बन्ने अत्याधुनिक भवनको मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

 

विसं २०७२ को भूकम्पले क्षति ग्रस्त भएको पुस्तकालयको भवन भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको हो । कूल ३६ करोड ११ लाख ६६ हजारमा निर्माण हुन लागेको उक्त भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सै घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्थाका साथै इ–लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रर्दशनी कक्ष आदिको व्यवस्था रहने बताइएको छ ।

शिलान्यास कार्यक्रममा शिक्षामन्त्री पौडेलले दक्ष र गुणस्तरीय जनशक्ति निर्माण गरी मुलुकको समृद्धि र विकासको नेतृत्व गर्नु पर्ने बताए। देशको शैक्षिक विकासका लागि शैक्षिक पूर्वाधार निर्माणमा भारत सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आइरहेको उनले उल्लेख गरे । त्रिविको गुणस्तर सुधार गरी उत्कृष्टताको केन्द्रको रुपमा विकसित गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता समेत व्यक्त गरे।

त्यस्तै नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपाल भारत सम्बन्धलाई थप विश्वसनीय, दिगो र मजबुत बनाउन यस सहयोग महत्वपूर्ण रहेको बताए। विश्वविद्यालय परिसरमा रहेको गान्धी भवन, जाकिर हुसेन उद्यान र त्रिवि केन्द्रीय पुस्तकालय निर्माणमा भारतले सहयोग गर्न पाएकोमा भारतीय दूतावास हर्षित भएको उनले बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले त्रिभुवन विश्वविद्यालयको विकासका लागि भारत सरकारले लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए। पुस्तकालय भवन १५ महिनाभित्र निर्माण सक्ने योजना गरेको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : १८ बजे

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा