भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन समितिको बैठक सम्पन्न « Khabarhub

भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन समितिको बैठक सम्पन्न


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औँ बैठक सम्पन्न भएको छ ।

समितिले गत २५ गतेदेखि २८ गतेसम्म भारत–नेपाल सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गरेको थियो । त्यसपछि फागुन २९ गते काठमाडौँमा बैठक बसेको हो ।

भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सह–अध्यक्षतामा बैठक बसेको थियो ।

फागुन ३० गते दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका थिए ।

समितिले सीमा क्षेत्रमा पर्ने नदीहरूको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गरेको थियो ।

सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्रभित्र पर्दछ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ०० बजे

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि