सरकार र जनमत पार्टीबीचको वार्ता सकारात्मक « Khabarhub

सरकार र जनमत पार्टीबीचको वार्ता सकारात्मक


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकार र जनमत पार्टीबीच वार्ता भएको छ ।

शुक्रबार गृहमन्त्रालयमा मन्त्री बालकृष्ण खाँणसहित सरकारी टोली र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहितको टोलीबीच वार्ता भएको हो ।

वार्तामा जनमत पार्टीको किसान आन्दोलनका माग सम्बोधन, २०७१ सालमा भएको दुईबुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।

वार्तामा जनमतका नेताहरूले थुनामा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न पनि माग गरेका थिए ।

गृहमन्त्री खाँणले किसान आन्दोलन र जनमत पार्टीका मागहरू सम्बोधन गर्न सरकार सकारात्मक रहेको कुरा बताएको जनमत पार्टीका नेता बीपी साहले जनाए ।

थप छलफल गरी अर्को चरणको वार्ता हुने पनि जनाइएको छ ।

जनमत पार्टीले पनि वार्तालाई सकारात्मक रूपमा लिएको नेता साहले बताएका छन् ।

जनमत पार्टीले पछिल्लो समय मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएको थियो ।

किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाँणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी थिए ।
त्यस्तै जनमत पार्टीका तर्फबाट अध्यक्ष डा. राउतसहित उपाध्यक्षहरू बसन्त कुशवाह, दिपक साह र नरेन्द्र साह तथा महासचिव चन्दन सिंह सहभागी थिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ३ : ४३ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद