सरकार र जनमत पार्टीबीचको वार्ता सकारात्मक « Khabarhub

सरकार र जनमत पार्टीबीचको वार्ता सकारात्मक


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकार र जनमत पार्टीबीच वार्ता भएको छ ।

शुक्रबार गृहमन्त्रालयमा मन्त्री बालकृष्ण खाँणसहित सरकारी टोली र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहितको टोलीबीच वार्ता भएको हो ।

वार्तामा जनमत पार्टीको किसान आन्दोलनका माग सम्बोधन, २०७१ सालमा भएको दुईबुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।

वार्तामा जनमतका नेताहरूले थुनामा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न पनि माग गरेका थिए ।

गृहमन्त्री खाँणले किसान आन्दोलन र जनमत पार्टीका मागहरू सम्बोधन गर्न सरकार सकारात्मक रहेको कुरा बताएको जनमत पार्टीका नेता बीपी साहले जनाए ।

थप छलफल गरी अर्को चरणको वार्ता हुने पनि जनाइएको छ ।

जनमत पार्टीले पनि वार्तालाई सकारात्मक रूपमा लिएको नेता साहले बताएका छन् ।

जनमत पार्टीले पछिल्लो समय मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएको थियो ।

किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाँणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी थिए ।
त्यस्तै जनमत पार्टीका तर्फबाट अध्यक्ष डा. राउतसहित उपाध्यक्षहरू बसन्त कुशवाह, दिपक साह र नरेन्द्र साह तथा महासचिव चन्दन सिंह सहभागी थिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ३ : ४३ बजे

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५