मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ नियुक्त « Khabarhub

मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ नियुक्त


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् ।

नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको गत चैत ३० गते बसेको ३५५ औँ बैठकले बिहीबारदेखि लागु हुने  गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको हो ।

३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्रीबाट विभूषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मानसमेत पाइसकेकी छन् ।

मेगा बैंकको स्थापनादेखि नै नायव महाप्रबन्धकमा प्रवेश गरी महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत हुँदै निजी क्षेत्रको राष्ट्रियस्तरको वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतका रूपमा चार वर्ष अघि मेगा बैंक नेपाल लिमिटेडको नेतृत्व सम्हालेकी अनुपमा खुञ्जेलीको कार्यकाल बिहीबारदेखि समाप्त भएकाले  श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

४ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित मेगा बैंक नेपाल लिमिटेडमा १२ वर्षभन्दा बढी सेवा गरेकी खुञ्जेलीलाई यस बैंकको उन्नति, प्रगति तथा वृद्धिमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिने र उनको उज्ज्वल भविष्यको कामना गर्नेसमेत बैंक सञ्चालक समितिले निर्णय गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ८ : १७ बजे

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै