राजधानीका सडकबाट ५५ बालबालिकाको उद्धार  « Khabarhub

राजधानीका सडकबाट ५५ बालबालिकाको उद्धार 


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्धार गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरूको उद्धार गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरूबाट संयुक्त रूपमा प्रहरी परिचालन गरी सडक पेटीमा बसी माग्दै हिँड्ने बालबालिकाको उद्धार गरेको हो ।

ती बालबालिकाले सडक यात्रुहरूसँग माग्दै हैरानी दिनुका साथै आवागमनमा समेत अवरोध पुर्‍याउँदै आएका थिए । ३३ बालक र २२ बालिका गरी ५५ जनाको उद्धार गरी बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको छ।

आफ्ना बालबालिकाहरूको उचित हेरचाह, लालन-पालन, रेखदेख गर्न सबै अभिभावकमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुरोध गरेको छ ।

सडक पेटीमा बालबालिकाहरूलाई छाडी माग्न लगाई पैदल यात्रुलाई हैरानी दिई आवागमनमा बाधा अवरोध पुर्‍याउने कार्यमा संलग्न गराएको पाइएमा कानुनबमोजिम कारबाही गरिनेसमेत प्रहरीले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : ५० बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा