धनुषाको तीन वडाध्यक्षमा कांग्रेस विजयी, एक वडामा नेकपा एस « Khabarhub

धनुषाको तीन वडाध्यक्षमा कांग्रेस विजयी, एक वडामा नेकपा एस


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गरे ।

मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेका छन् ।

सबैला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि कांग्रेसका मिथिलेश साह निर्वाचित भएका छन्।

जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा भने नेकपा (एकीकृत समाजवादी)का सन्तोष गोइतले ४१२ मतप्राप्त गरी निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत ठूलोबाबु दाहालका अनुसार वडासदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ९ : ३७ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द