हंगेरीकी नयाँ राष्ट्रपतिद्वारा युक्रेनमा जारी रुसी आक्रमणको निन्दा, मंगलबार पोल्याण्डको भ्रमण गर्ने « Khabarhub

हंगेरीकी नयाँ राष्ट्रपतिद्वारा युक्रेनमा जारी रुसी आक्रमणको निन्दा, मंगलबार पोल्याण्डको भ्रमण गर्ने


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हंगेरीकी नयाँ राष्ट्रपति क्याटलिन नोभाकले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गरेकी छिन् । शनिबार नयाँ राष्ट्रपतिको पदभार ग्रहण गर्ने क्रममा राष्ट्रपति नोभाकले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

साथै उनले आफ्नो पहिलो विदेश भ्रमण पोल्याण्डबाट शुरु गर्ने समेत बताएकी छिन् । पोल्याण्ड र हंगेरी पूर्वी युरोपमा परम्परागत साझेदारहरू हुन् ।

यसअघि हंगेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानले रुसमाथि प्रतिबन्धात्मक कदमहरू चाल्न एवम् युक्रेनलाई हतियार आपूर्ति गर्न आनाकानी गरेसँगै हंगेरीको सम्बन्ध युरोपका अन्य मुलुकजस्तै पोल्याण्डसँग पनि चिसिएको छ ।

राष्ट्रपति नोभाकले पोल्याण्डको राजधानी वार्साको भ्रमण यही मंगलबार गर्ने समेत रोयटर्सले जनाएको छ । ‘पोलिश जनताका राष्ट्रपति, प्यारा आन्द्रेई (डुडा) लाई भेट्न १७ मे, मंगलबारका दिन म वार्साको भ्रमणमा जाँदैछु, मिल्ने साथीसँग जस्तै कुराकानीको अवसरप्रतितपाईँलाई धन्यवाद दिन चाहन्छु ।’ नोभाकले पदभार ग्रहण गर्ने क्रममा गरेको सम्बोधन उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

उनी गत मार्च महिनामा नयाँ राष्ट्रपति निर्वाचित भएपनि उनले पदभार भने शनिबारमात्रै ग्रहण गरेकी हुन् । प्रधानमन्त्री ओर्बानको साझेदार एवम् फिडेज पार्टीकी पूर्वसांसद् रहेकी उनी हंगेरीकी प्रथम महिला राष्ट्रपति बनेको रोयटर्सले जनाएको छ ।

‘हामी (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनको आक्रामक, सार्वभौम मुलुकमाथि सैनिक आक्रमणको निन्दा गर्दछौँ । सोभियत संघ ब्युँताउने जस्तोसुकै प्रयासलाई पनि हामी अस्वीकार गर्छौँ ।’ उनले भनिन् ।

उनले शान्तिप्रिय हंगेरियन नागरिकका विरुद्धमा पनि युक्रेनमा जारी युद्ध चलिरहेको उनको भनाइ छ । उनले रुसी पक्षबाट युक्रेनमा भएका भनिएका युद्ध अपराधको अनुसन्धानको माग समेत गरेको जनाइएको छ ।

यसअघि ओर्बानले पनि युक्रेनमाथि रुसी आक्रमणको निन्दा गरेका थिए । यद्यपि उनले राष्ट्रपति पुटिनविरुद्ध व्यक्तिगत आलोचना गर्न आनाकानी गरिरहेका थिए ।

यसबाहेक उनी रुसी उर्जामाथि प्रतिबन्ध लगाउनुपर्ने युरोपेली युनियनको प्रस्तावको विपक्षमा समेत रहँदै आएका छन् ।

रुसी तेलमा निर्भर बुल्गेरिया, चेक गणतन्त्र, हंगेरी, स्लोभाकिया जस्ता मुलुकले युरोपले प्रस्ताव गरेको नयाँ प्रतिबन्धलाई लिएर आनाकानी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : १४ बजे

ग्यास वितरण पारदर्शी बनाउन चितवनमा नयाँ व्यवस्था

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत