संस्कृत वाङ्मयको संरक्षणका लागि काम गर्ने प्रमुख दलका नेताहरुको प्रतिबद्धता | Khabarhub Khabarhub

संस्कृत वाङ्मयको संरक्षणका लागि काम गर्ने प्रमुख दलका नेताहरुको प्रतिबद्धता


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जयतु संस्कृतम् दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले संस्कृत वाङ्मयको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । दिवसका अवसरमा जयतु संस्कृतम् संस्थाले आज जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीव्र सहरीकरण र निजी शिक्षाको प्रक्रिया बढेसँगै संस्कृत कर्मकाण्डको भाषामात्र हो कि भन्ने परेकामा यसलाई चिर्नुपर्ने बताए ।

संस्कृत वाङ्मयमा रहेको ज्ञान आम मानिसमा लैजान पनि संस्कृत पठनपाठन प्रक्रियालाई आधुनिक रुपमा प्रयोग गरिनुपर्नेमा उनले जोड दिए । संस्कृत सभ्यता र मानव अस्तित्वसँग जोडिएको नेता थापाले बताएयो । संस्कृत भाषामात्र नभई दर्शन, परिचय र जीवनशैलीसँगै जोडिएको विषय भएकाले यसको विकास गर्नुपर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री एवम् नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले जयतु संस्कृतम् आन्दोलनको ऐतिहासिक महत्व रहेको बताए । जयतु संस्कृतम् २००७ सालको प्रजातन्त्र स्थापनाको पृष्ठभूमिका रुपमा रहेको उनले बताए । राणाशासनका विरुद्ध शिक्षित व्यक्तिको असन्तुष्टि प्रष्ट देखाएको बताउँदै उनले विद्यार्थीले सत्ताको विरोध गर्दै आधुनिक विषय पढ्न पाउनुपर्ने माग गरेको बताए ।

पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले संस्कृत अध्यापन विधिलाई सुधार गर्न ७६ वर्षअघि जयतु संस्कृतम् अभियान सुरु भएको बताए । जयतु संस्कृतम्ले संस्कृतलाई जनतामाझ लैजाने काम गरेको उनको भनाइ थियो । संविधान निर्माणपछि पनि जयतु संस्कृतम् अभियानको आवश्यकता बढेको नेता पोखरेलको टिप्पणी छ ।

संस्कृत बिना आयुर्वेद र योगको अध्ययन पूरा नहुने भएकाले संस्कृतको अध्ययन अध्यापन अनिवार्य पनि बनेको उनले बताए । पद्मरत्न तुलाधरको अन्त्येष्टि संस्कृत भाषामै गरिएको उनले बताए । हाल युरोप र अमेरिकामा संस्कृत भाषाको अध्ययन अध्यापन गर्नेको सङ्ख्या बढेको र अमेरिकी वैज्ञानिक संस्था नासाले सन् २०३२ देखि कम्प्युटरको भाषा संस्कृत बनाउन लागेको संस्थाका अध्यक्ष डा बद्री पोखरेलले जानकारी दिए ।

कम्प्युटरको भाषामा पनि संस्कृत प्रयोग हुने खबरले चीनका राष्ट्रपति पनि संस्कृत पढ्न थालेको जयतु संस्कृतम्ले जनाएको छ । कोरोनामा अमेरिकाका राष्ट्रपतिले वेद मन्त्रोच्चारण गराएको समाचार विश्वव्यापीरुपमा फैलिएको थियो । दिवसका अवसरमा आज बिहान दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण गरिएको थियो । माल्यार्पणपछि प्रभातफेरिसहित रानीपोखरीको दरबार हाईस्कुलमा पुगेर सभामा परिणत भएको थियो ।

विसं २००४ मा तीनधारा पाठशालाबाट ३८ जना विद्यार्थी निष्कासन गरिएको थियो । ती विद्यार्थीले देशका विभिन्न भागमा राणाले देश निकाला गरे भन्दै जागरण फैल्याउँदै भारत लागेका थिए । यसले राणाशासन अन्त्यका लागि समेत काम गरेको थियो । जयतु संस्कृतम् नेपालको पहिलो विद्यार्थी आन्दोलन हो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ५७ बजे

रारा पर्यटन पदमार्ग निर्माणमा उल्झन्, साइकलमार्ग पनि अलपत्र

सुर्खेत – कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा निर्माणाधीन रारा पर्यटन

ऋषिङ गाउँपालिका अध्यक्षबाट कुटिए पूर्वसांसदका छोरा 

पोखरा – तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पूर्वसांसद पदमबहादुर

‘अवैध सम्पत्ति थोपर्ने राजनीतिक नेतृत्वमाथि कारबाही नभएसम्म सम्भव छैन’

काठमाडौं– फाइनान्सियल एक्सन टाक्स फोर्स (एफटीएफ)ले नेपाललाई खैरो सूची (‘ग्रे

प्रदेशभर अनुगमनमा दौडिँदै मधेशका मुख्यमन्त्री- बन्द भए अवैध रुपमा सञ्चालित २१ अस्पताल

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंह पछिल्ला समय प्रदेशभरकै अस्पताल