आयोजनामा अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु « Khabarhub

आयोजनामा अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजना तथा इलाम जिल्ला क्रिकेट संघको व्यवस्थापनमा शुक्रबारदेखि इलाममा तीन दिने ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु भएको छ । कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट महिला तथा पुरुष प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । कार्यक्रम तीन दिनसम्म चल्ने नेकोसका सहसचिव चेतनाथ पौडेलले बताए ।

जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा सुरु भएको कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका मेयर केदार थापाले गरेका थिए । उनले जिल्लामै पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरेकोमा नेकोसलाई धन्यवाद दिए । साथै उनले इलाममा  २०४२-४३ तिर क्रिकेट भित्रिए पनि यो खेलको विकास विस्तार हुन नसकेको अवस्थामा यस कार्यक्रमले जिल्लामा क्रिकेट गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।

नेकोसका अध्यक्ष बिप्लभ घोषले नेपालको मेचीदेखि महाकालीसम्म क्रिकेटमय बनाउने अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरेको बताए । उनले नेपाल क्रिकेट संघसँगको सहकार्य तथा जिल्ला र प्रदेश क्रिकेट संघको समन्वयमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउने बताए ।

नेकोस राष्ट्रिय क्रिकेट संघको मूल उद्देश्य नै ग्रासरुट क्रिकेटलाई माथि उठाउने तथा विभिन्न जिल्लामा क्रिकेट गतिविधिहरू सञ्चालन गर्ने अध्यक्ष घोषले बताए । उनका अनुसार नेपालमा महिला क्रिकेटको सम्भावना भए पनि महिला क्रिकेट प्रतियोगिता कम आयोजना भएको हुँदा निकट भविष्यमै नेकोस राष्ट्रिय क्रिकेट संघले महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताए । 

कार्यक्रमका मुख्य प्रशिक्षक तथा आइसीसी प्यालनका अम्पायर बुद्धिबहादुर प्रधानले नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गरेका यस किसिमको कार्यक्रमले नेपालको हरेक ठाउँमा क्रिकेट चलायमान हुने र भविष्यमा देशले राम्रा अम्पायर र स्कोरर पाउने आशा व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरू देशका विभिन्न ठाउँमा आयोजना हुनुपर्नेमा जोड दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पाएको अनुभव यो कार्यक्रममा साझा गर्न पाउँदा गर्व लागेको उनले बताए । कार्यक्रममा आईसीसी प्यानल अम्पायर बुद्धिबहादुर प्रधानसहित लेभल टु अम्पायर कमलेश ठाकुरले प्रशिक्षण दिनेछन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ५ : ५८ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ