यस्तो छ प्रचण्डको भारत बसाइको कार्यक्रम, कहिले कोसँग भेट्दै ? « Khabarhub

यस्तो छ प्रचण्डको भारत बसाइको कार्यक्रम, कहिले कोसँग भेट्दै ?


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त बनेका छन् ।

भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका थिए उनीसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको छ । त्यस्तै आजै उनले नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसँग भेटघाट गर्ने र  नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । 

 शनिबार भने प्रचण्ड राजनीतिक भेटवार्तामा व्यस्त हुने छन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उनको भेटवार्ता हुने छ । त्यस्तै प्रचण्ड फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन् । भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाटको कार्यक्रम रहेको जनाइएको छ । 

त्यस्तै आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भ्रमणको कार्यक्रम रहेको छ । त्यस्तै आइतबार नै प्रचण्ड भाजपा मुख्यालय भ्रमणमा पुगेका छन् । त्यसक्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्न छन् भने भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी हुने छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ५५ बजे

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर