सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै « Khabarhub

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सिट बाँडफाँटका लागि बनेको सत्ता गठबन्धन कार्यदलको बैठक सोमबार बस्ने भएको छ। अपरान्ह ४ बजे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।

कार्यदलका सदस्य सचिव केशव जोशीका अनुसार बैठकमा सिट बाँडफाँटको मापदण्डका विषयमा छलफल हुनेछ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा गठबन्धनका पाँच दलका दुई दुई जना सदस्य छन्। मंसिर ४ गते हुने संघीय चुनावसम्मै गठबन्धन गरेर अगाडि बढ्ने भन्दै साउन २० कार्यदल बनाएको हो।

कार्यदलले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गरे पनि निर्णयमा पुगेको छैन। स्थानीय चुनाव, संसदमा दलको प्रतिनिधित्व, २०७४ को चुनावमा दलले ल्याएका मतलगायत आधारमा सिट बाँडफाँट गर्ने गरी तयारी भइरहेको बताइएको छ।

भदौ पहिलो सातासम्ममा सिट बाँडफाँट टुंग्याउने काम गर्न कार्यदललाई आग्रह गरिएको छ। कार्यदलमाथि सत्ता गठबन्धनका शीर्ष नेतालाई समेटेर सिट बाँडफाँट गर्नुपर्ने जटिल जिम्मेवारी रहेको छ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : २५ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको