कमल थापाले गरे राष्ट्रपति भण्डारीको निर्णयको स्वागत « Khabarhub

कमल थापाले गरे राष्ट्रपति भण्डारीको निर्णयको स्वागत


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुर्नविचारका लागि संसदमा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।

नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समयसिमाको बन्देज बिना नै नागरिकता दिने तथा बावुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्नेलगायतको विषयलाई सम्बोधन गनुपर्नेलगायत विषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विद्येयक संसदमा फिर्ता गरेकी हुन्। सो कदमलाई रापप्रा अध्यक्ष थापाले स्वागत गरेका हुन।

‘विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक छ,’ थापाले स्वदेश फर्केलगत्तै भनेका छन, ‘राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।’

राष्ट्रपतिले विद्येयक फिर्ता गरेको विषयलाई संघीय संसदले हठ गर्न नहुने भन्दै थापाले सो विषयको निर्णय गर्ने अधिकार नयाँ सरकारलाई दिनुपर्ने सुझाव पनि दिएका छन्। ‘अब संसदले हठ प्रदर्शन नगरोस्, ढिलो गर्ने काम सरकारले गरेको हो। अब यो विषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ।’

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ५६ बजे

‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी

निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि

काठमाडौं– निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात्

बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट गर्भवती महिलाहरु बच्चा

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका