प्रतिनिधिसभा निर्वाचन : यस्तो छ ३० वर्षको इतिहास « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : यस्तो छ ३० वर्षको इतिहास


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ। निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो।

मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका विभिन्न खाले जिज्ञासा र अड्कलबाजी स्वतः हटेको छ। नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गतेबाट सुरु भई विसं २०१६ वैशाख २१ गते मा सम्पन्न भएको इतिहास छ।

कूल १०९ प्रतिनिधिसभा सदस्यका लागि भएको उक्त निर्वाचनबाट एक जना महिलाको प्रतिनिधित्व रह्यो। त्यसपछि हालसम्म विभिन्न मितिमा बालिक मताधिकारका आधारमा राष्ट्रिय निर्वाचन भएका निर्वाचन आयोगद्वारा प्रकाशित प्रश्नोत्तर पुस्तकमा उल्लेख छ। आम निर्वाचनका रुपमा पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्था रोज्नका लागि भनी मुलुकमा विसं २०३७ वैशाख २० गते राष्ट्रिय जनमत सङ्ग्रह भएको थियो।

बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा विसं २०३८ वैशाख २७ गते राष्ट्रिय पञ्चायतको निर्वाचन भयो। राष्ट्रिय पञ्चायतको अन्तिम निर्वाचनका रुपमा तीन चरणमा विसं २०४३ वैशाख २९, जेठ ५ र १२ गते आमनिर्वाचन भएको हो।

तीसवर्षे पञ्चायती व्यवस्था अन्त्य भई मुलुकमा राजनीतिक परिवर्तनका साथ प्रजातन्त्रको पुनःस्थापना भएसँगै विसं २०४८ वैशाख २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो। सोही निर्वाचनसँग जोडिएर मुलुकका केही स्थानमा विसं २०४८ माघ २६ गते र विसं २०५० माघ २५ गते उपनिर्वाचन गरियो।

कांग्रेसको बहुमतमा रहेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधिमा जाने घोषणापछि २०५१ कात्तिक २९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भयो।

मुलुकको अस्थिर राजनीतिक परिस्थितिका कारण प्रतिनिधिसभा निर्वाचन घोषणा भई विसं २०५६ वैशाख २० र जेठ ३ गते दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो। उक्त निर्वाचनपछि मुलुकका विभिन्न स्थानमा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०५६ मङ्सिर २३ गते भएको तथ्याङ्क छ।

जनताको लामो वलिदानीपूर्ण सङ्घर्ष तथा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा विसं २०६४ चैत २८ गते संविधानसभा सदस्य निर्वाचन भयो। सोही संविधानसभा निर्वाचनसँग जोडिएर विसं २०६५ चैत २८ गते उपनिर्वाचन भएको थियो।

बालिग मताधिकारको प्रयोग गर्ने सिलसिलामा दोस्रो संविधानसभा सदस्य निर्वाचन विसं २०७० मङ्सिर ४ गते भयो भने केही स्थानमा उपनिर्वाचन विसं २०७१ असार ८ गते र चैत २८ गते भए। संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि मुलुकमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन दुई चरणमा विसं २०७४ मङ्सिर १० र २१ गते सम्पन्न भयो।

नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएका अरु राष्ट्रियस्तरका निर्वाचनमा विसं २०७४ माघ २४ गतेको राष्ट्रियसभा सदस्य, विसं २०७४ चैत ४ गतेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई पनि लिने गरिएको छ।

विसं २०७६ मङ्सिर १४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन तथा विसं २०७६ माघ ९ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनलाई पनि राष्ट्रियस्तरको निर्वाचनका रुपमा हेरिने गरिएको छ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : १५ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको