ज्येष्ठ नागरिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै | Khabarhub Khabarhub

ज्येष्ठ नागरिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– गजेन्द्रनारायण सिंह अस्पताल राजविराजअन्तर्गत सामाजिक सेवा एकाइ तथा ज्येष्ठ नागरिक सेवाबाट सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । एकाइमार्फत मानसिकरूपमा साढे एक सय र दैनिकरूपमा पाँच बिरामीले सेवा लिएको सो एकाइले जनाएको छ । एकाइका प्रमुख सूर्यकान्त झाले गत वर्ष आठ सय ४५ पुरुष र नौ सय ७२ महिला गरी एक हजार आठ सय १७ बिरामीले सेवा लिएको जानकारी दिए । 

यो अघिल्लो वर्षभन्दा एक हजार एक सय १६ बढी हो । आर्थिक वर्ष २०७७/०७८ मा तीन सय १८ पुरुष र तीन सय ८३ महिला गरी सात सय एकले सामाजिक सेवा लिएका थिए । यसमा चार सय १४ मधेसी, एक सय ५४ दलित, ७६ जनजाति, ३० ब्राह्मण क्षेत्री र २७ मुस्लिमले सेवा लिएका छन् ।  

आर्थिक वर्ष २०७८/२०७९ मा एक हजार ८८ गरिब, पाँच सय ४३ ज्येष्ठ नागरिक, ९७ जना लैङ्गिक हिंसा पीडित, २८ जना असहाय, ११ जना अपाङ्गता भएका व्यक्ति, दुई जना प्राकृतिक प्रकोपमा परेका व्यक्ति र अन्य ४८ जनाले सेवा लिएको सेवा एकाइको तथ्याङ्कले देखाएको छ । तीमध्ये परिचयपत्र वा सिफारिस पत्रसहितका आउने बिरामीको सङ्ख्या न्यून छ । 

ग्रामीण भेगबाट असहाय, अशक्त, गरिब, दलित, ज्येष्ठ नागरिक परिचयपत्र नलिई आउने गरेका कारण उनीहरूको उमेर, अवस्था हेरेर सेवा दिनुपरेको उनले जानकारी दिए । सेवा लिएका एक हजार आठ सय १७ मध्ये एक सय १५ ले मात्र परिचय पत्र वा सिफारिस लिएर आएको देखिएको छ ।

उपचारमा सहुलियत पाउने लक्षित समूहका बिरामीले नेपाल सरकारले जारी गरेको परिचयपत्र, नागरिकताको प्रमाणपत्र, अन्य कुनै आधिकारिक परिचयपत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ तर टाढाबाट आशा लिएर आउने असहाय, गरिब, ज्येष्ठ नागरिकलाई उपचार नगरी फर्काउन गाह्रो परेकाले पहिलो पटकका लागि सेवा दिने गरेको र दोस्रो पटक आउँदा परिचयपत्र लिएर आउन भन्ने गरेको एकाइका उपप्रमुख धनेश्वर यादवले बताए ।

गत वर्षको साउनदेखि २०७९ असारसम्म सेवा लिनेमा चार सय ३९ दलित, तीन सय ६१ जनजाति, नौ सय १३ मधेसी, ५९ मुस्लिम, ४३ ब्राह्मण क्षेत्री र अन्य दुई जना रहेका छन् । यस्तै आकस्मिक बिरामी पाँच सय ७८, बहिरङ्ग बिरामी सात सय २२ र भर्ना भएर आएका बिरामी पाँच सय १७ रहेको प्रमुख झाले बताए । आर्थिक वर्षको साउन महिनामा सामाजिक सेवा लिने दुई सय ५० पुगिसकेको छ ।

गत वर्ष औषधिमा एक लाख ४ हजार आठ सय ८५, परीक्षणमा १२ लाख ६० हजार एक सय आठ तथा शय्या र रगतमा रु २० हजार छ सय ३९ गरी रु १३ लाख ८५ हजार छ सय ३२ लक्षित बिरामीको स्वास्थ्य सेवाबापत खर्च भएको छ । प्रत्येक बिरामीमा औसत रु सात सय ६२ खर्च भएको छ । आंशिक उपचार सहयोग पाउने तीन सय ८८ र पूर्ण उपचार सहयोग पाउने एक हजार चार सय २९ जना छन् ।  

परीक्षणबापत खर्च भएको रु १२ लाख ६० हजार एक सय आठमध्ये प्रयोगशालामा १० लाख ३२ हजार, युएसजीमा ६९ हजार एक सय, सिटीस्क्यानमा ५३ हजार सात सय ३५, एक्सरेमा रु एक लाख ५ हजार दुई सय ७३ रहेको छ । यस्तै शय्याबापत १५ हजार ९९ र रगतबापत पाँच हजार पाँच सय ४० बिरामीले छुट पाएका छन् ।

लक्षित समूहका बिरामीको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपभोग अभिवृद्धि गर्न सरकारले आव ०६९/७० देखि केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा यस्तो एकाइ राख्ने निर्णय गरेकोमा राजविराजस्थित उक्त अस्पतालमा २०७५ चैत १२ गतेदेखि सेवा सुरु गरिएको हो ।

थप १५ अस्पतालमा सामाजिक सेवा एकाइ

सरकारले सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन मार्गदर्शन परिमार्जन गर्दै आर्थिक वर्ष २०७८/०७९ मा थप १५ अस्पतालमा सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन गरेको छ । गत आर्थिक वर्षमा प्रदेश १ का दुई वटा, प्रदेश २ का चार वटा, गण्डकी प्रदेशमा र लुम्बिनी प्रदेशका तीन/तीन तथा बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक/एक वटा अस्पतालमा सामाजिक सेवा एकाइ थप भएको छ ।

सरकारले प्रदेश १ को ताप्लेजुङ अस्पताल र सङ्खुवासभा अस्पताल, प्रदेश २ को कलैया अस्पताल, महोत्तरी अस्पताल, सिरहा अस्पताल र सर्लाही अस्पताल, बागमती प्रदेशको कीर्तिपुर अस्पतालमा सामाजिक सेवा एकाइ सञ्चालन थप गरेको हो ।

यस्तै, गण्डकी प्रदेशको दमौली अस्पताल, पर्वत अस्पताल र स्याङ्जा अस्पताल, लुम्बिनी प्रदेशको पृथ्वीचन्द्र अस्पताल, प्युठान अस्पताल र रोल्पा अस्पतालमा सामाजिक सेवा एकाइ सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशको कालीकोट अस्पताल र सुदूरपश्चिम प्रदेशको बैतडी अस्पतालमा पनि सामाजिक सेवा एकाइ सञ्चालन गरिएको छ । यसअघि सामाजिक सेवा एकाइ निर्देशिका २०७८ को अनुसूची १ अनुसार नेपालमा ४४ अस्पतालमा सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन भइसकेको छ । जसमा प्रदेश १ का छ , प्रदेश २ का चार , बागमती प्रदेशका १४, गण्डकी प्रदेशका तीन, लुम्बिनी प्रदेशका नौ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका चार/चार अस्पतालमा सो कार्यक्रम सञ्चालन भइरहेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन रहेको छ ।

लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको हो । सामाजिक सेवा एकाइ सञ्चालन भएका अस्पतालमा सर्वसाधारणले निःशुल्क वा सहुलियतरूपमा स्वास्थ्य सेवा पाउने छन् । यस्ता एकाइबाट विभिन्न १३ वटा लक्षित समूहले निःशुल्क र सहुलियतरूपमा उपचार पाउने व्यवस्था गरिएको छ ।

सामाजिक सेवा एकाइ स्थापना तथा सञ्चालन निर्देशिका अनुसार गरिब, असहाय, अपाङ्गता भएका परिचयपत्रबाहेक व्यक्ति, परिचय पात्रबाहेक ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित तथा बालबालिका, गरिब तथा विपन्न आकस्मिक बिरामी, विपद् एवं प्राकृतिक प्रकोप महामारी, भूकम्प, बाढी, पहिरो, आगलागी आदिबाट पीडित, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाति, परिचयपत्रबाहेक महिला स्वास्थ्य स्वयंसेविका, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा तथा कैदी बिरामी, परिचयपत्रबाहक शहीद परिवार तथा दुर्घटनामा परेको अभिभावक नभएको बिरामी र अन्य अस्पतालले स्थानीय तहको आधारमा लक्षित समूह निर्धारण गरेका व्यक्तिले एकाइमार्फत सेवा पाउने छन् । 

गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशप्रसाद साहले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट असहाय र असमर्थ बिरामी उपचारबाट वञ्चित नहून् भन्ने उद्देश्यले एकाइ स्थापना गरिएको बताए  । गरिबको पहिचान गर्न वा मापदण्ड किटान गर्न समस्या भएकोले कतिपय सम्पन्न व्यक्तिले पनि लाभ लिइरहेको हुन सक्ने उनले आशंका गरे । 

 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : ११ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार

आज २०८१ साल असोज ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय