समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आयो : प्रचण्ड « Khabarhub

समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आयो : प्रचण्ड


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनसँगै समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एनइए अवार्ड २०७९ वितरण कार्यक्रममा प्रचण्डले युग सुहाउँदो नेपालको आफ्नै मोडलमा मुलुकलाई विकासको बाटो तर्फ अघि बढाउनुपर्ने र यसका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका हुन्।

प्रचण्डले देशमा नयाँ राजनीतिक वातावरण अघि बढेको र यो सबैको निम्ति चासो र चिन्ताको विषय भएको जिकिर गरे। अहिले राजनीतिक स्थायित्व, राष्ट्रिय एकताका साथ मुलुक समृद्धको बाटोमा अघि बढोस् भन्ने सबैको चाहना रहेको उनको भनाइ छ ।

प्रचण्डले वर्तमानमा प्रकृति र इतिहासका गौरवहरूलाई सदुपयोग गरेर २१ औँ शताब्दीमा एकतासाथ विकासको गति लिन सक्नुपर्ने उल्लेख गरे । उनले अब एक पटक देशको आर्थिक समृद्धि र जनताले चाहेको जस्तो विकास गर्न आफू समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कला क्षेत्रमा समर्पित विभिन्न व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : २० बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा