समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आयो : प्रचण्ड « Khabarhub

समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आयो : प्रचण्ड


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनसँगै समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एनइए अवार्ड २०७९ वितरण कार्यक्रममा प्रचण्डले युग सुहाउँदो नेपालको आफ्नै मोडलमा मुलुकलाई विकासको बाटो तर्फ अघि बढाउनुपर्ने र यसका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका हुन्।

प्रचण्डले देशमा नयाँ राजनीतिक वातावरण अघि बढेको र यो सबैको निम्ति चासो र चिन्ताको विषय भएको जिकिर गरे। अहिले राजनीतिक स्थायित्व, राष्ट्रिय एकताका साथ मुलुक समृद्धको बाटोमा अघि बढोस् भन्ने सबैको चाहना रहेको उनको भनाइ छ ।

प्रचण्डले वर्तमानमा प्रकृति र इतिहासका गौरवहरूलाई सदुपयोग गरेर २१ औँ शताब्दीमा एकतासाथ विकासको गति लिन सक्नुपर्ने उल्लेख गरे । उनले अब एक पटक देशको आर्थिक समृद्धि र जनताले चाहेको जस्तो विकास गर्न आफू समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कला क्षेत्रमा समर्पित विभिन्न व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : २० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने