सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल काबुलमा « Khabarhub

सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल काबुलमा


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सीमा विवादलाई लिएर इरान र अफगानिस्तानबीच तनाव बढ्दै जाँदा अफगानिस्तानको शासन चलाइरहेको तालिबानका अधिकारीसँग भेटवार्ताका लागि इरानी प्रतिनिधिमण्डल अफगान राजधानी काबुल पुगेको छ ।

काबुलस्थित इरानी दूतावासले सीमा विवादबारे छलफल गर्न विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल तालिबान अधिकारीहरुसँग वार्ता गर्न काबुल आइपुगेको बताएको छ ।

अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डलले काबुल भ्रमण गरेको हो ।

आइतबार राती इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिबान सेनाहरू बीच भएको सीमा विवाद भएको थियो ।

इरानसँग सीमा जोडिएको निमरुज प्रान्तको कांग जिल्लाको दरविश क्षेत्रमा भएको भिडन्तमा परी एक तालिबान लडाकू मारिएका छन् भने अर्का एक जना घाइते भएका तालिबान सीमा कमाण्डर मोहम्मद इब्राहिम हेवादलाई उद्धृत गर्दै खामा प्रेसले जानकारी दिएको छ ।

आइतबारको गोली हानाहानमा दुवै पक्षले एक अर्कालाई पहिले आक्रमण गरेको आरोप लगाएका छन् । इरानको इस्लामिक गणतन्त्रका सीमा गार्डहरू र तालिबान सेनाहरू बीच झडप भएको इरानी सञ्चार माध्यमले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ४ : ३९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको