नागरिकता विधेयक फिर्ता मुलुकको लागि स्वागतयोग्य « Khabarhub

नागरिकता विधेयक फिर्ता मुलुकको लागि स्वागतयोग्य


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन् ।

अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको गोष्ठीमा पोखरेलले संघीय संसद्ले पारित गरेको विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताएका हुन् ।

उनले केवल चुनावी स्वार्थका लागि विदेशीहरूसँगकाे साँठगाँठमा गठबन्धन सरकारले हतार हतार नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याएको आरोप लगाए । यसअघि एमाले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश र अहिले सरकारले ल्याएको विधेयक एउटै भन्नु सरासर गलत भएको उनले बताए । संसदीय समितिको प्रतिवेदनलाई लत्याएर सरकारले ल्याएको नागरिकता विधेयक देशको राष्ट्रिय स्वाधीनताको विपरित रहेकाले मान्य नहुने पोखरेलले बताए । अब नागरिकता सम्बन्धी कानून निर्माणका लागि नयाँ ढंगले सुरु गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक अस्थिरताको प्रमुख कारक बनेको जिकिर गरे । उनले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका पक्षमा गठबन्धन घुँडा टेकेर एमालेको विरोध हुन्छ भने जस्ता सुकै कुरा गर्न पनि तत्पर भएको शक्ति भएको बताए । 

उनले संगठनलाई बलियो बनाउँदै पार्टीलाई समेत मजबुत बनाउने गरि काम गर्न  अनेरास्ववियुलाई सुझाव दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ११ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद