नागरिकता विधेयक फिर्ता मुलुकको लागि स्वागतयोग्य « Khabarhub

नागरिकता विधेयक फिर्ता मुलुकको लागि स्वागतयोग्य


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन् ।

अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको गोष्ठीमा पोखरेलले संघीय संसद्ले पारित गरेको विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताएका हुन् ।

उनले केवल चुनावी स्वार्थका लागि विदेशीहरूसँगकाे साँठगाँठमा गठबन्धन सरकारले हतार हतार नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याएको आरोप लगाए । यसअघि एमाले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश र अहिले सरकारले ल्याएको विधेयक एउटै भन्नु सरासर गलत भएको उनले बताए । संसदीय समितिको प्रतिवेदनलाई लत्याएर सरकारले ल्याएको नागरिकता विधेयक देशको राष्ट्रिय स्वाधीनताको विपरित रहेकाले मान्य नहुने पोखरेलले बताए । अब नागरिकता सम्बन्धी कानून निर्माणका लागि नयाँ ढंगले सुरु गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक अस्थिरताको प्रमुख कारक बनेको जिकिर गरे । उनले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका पक्षमा गठबन्धन घुँडा टेकेर एमालेको विरोध हुन्छ भने जस्ता सुकै कुरा गर्न पनि तत्पर भएको शक्ति भएको बताए । 

उनले संगठनलाई बलियो बनाउँदै पार्टीलाई समेत मजबुत बनाउने गरि काम गर्न  अनेरास्ववियुलाई सुझाव दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ११ बजे

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने