नागरिकता विधेयक फिर्ता पठाएकोप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण « Khabarhub

नागरिकता विधेयक फिर्ता पठाएकोप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

तरुण दलले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिले अनेक बहाना र प्रपञ्च गरेको आरोप समेत लगाएको छ ।

‘प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरण बिना प्रतिनिधि सभामा फिर्ता पठाएको प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यान आकृष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिले नागरिकता विहीन नेपाली जनता माथि अपमान गरेको जनाउँदै तरुण दलले उक्त कार्यको घोर निन्दा र भर्त्सना गरेको छ ।

‘राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकता विहीन नागरिकहरूलाई संविधानले दिएको सार्वभौम अधिकार समेत कुण्ठित हुने गरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरू फेरी अन्धकारको भुमरीमा धकेलिएका छन्,’ तरुण दलले भनेको छ ।

पदको मर्यादामा नरहेका कारण राष्ट्रपतिले राजीनामा दिन उचित हुने सुझाव तरुण दलले दिएको छ । राजीनामा नदिएमा राष्ट्रपतिलाई महाअभियोगबाट पदच्युत गर्न संसद् र सरकारसँग तरुण दलले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ३८ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार