निहारिकालाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्छ : कानूनमन्त्री « Khabarhub

निहारिकालाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्छ : कानूनमन्त्री


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निहारिका राजपुतलाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने बताएका छन् ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राजपुतलाई आज भेटेर कानूनमन्त्री कोइरालाले अनशन स्थगित गर्न आग्रह गरे । महोत्तरीस्थित जलेश्वर नगरपालिका–९ निवासी निहारिका बलात्कारबाट जन्मिएको आफ्नो बच्चा र बलात्कार गर्ने पुरुषको डिएनए जाँचको माग राख्दै आमरण अनशन बसेकी छिन् ।

वसन्तपुरमा एक सातादेखि आमरण अनशन बसेकी निहारिकाले यही साउन २७ गते राष्ट्रपति भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको थियो ।

कानूनमन्त्री कोइरालाले जिल्ला अदालतको फैसला चित्त नबुझे उच्च अदालतसम्म जाने बाटो खुला भएको र उच्च अदालतले दुवै पक्षलाई बोलाएको अवस्थामा अनशन बस्नुको औचित्य नभएकाले अनशन स्थगित गर्न सरकारको पक्षबाट निहारिकालाई आग्रह गरिएको जानकारी दिए । निहारिकाको मागबारे सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

भेटमा निहारिकाले सोचेर आफ्नो राय व्यक्त गर्ने बताएका छन् । भेटमा महान्यायाधिवक्ता खम्बबहादुर खाती, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले, जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा, प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : ४३ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद