निहारिकालाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्छ : कानूनमन्त्री « Khabarhub

निहारिकालाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्छ : कानूनमन्त्री


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निहारिका राजपुतलाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने बताएका छन् ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राजपुतलाई आज भेटेर कानूनमन्त्री कोइरालाले अनशन स्थगित गर्न आग्रह गरे । महोत्तरीस्थित जलेश्वर नगरपालिका–९ निवासी निहारिका बलात्कारबाट जन्मिएको आफ्नो बच्चा र बलात्कार गर्ने पुरुषको डिएनए जाँचको माग राख्दै आमरण अनशन बसेकी छिन् ।

वसन्तपुरमा एक सातादेखि आमरण अनशन बसेकी निहारिकाले यही साउन २७ गते राष्ट्रपति भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको थियो ।

कानूनमन्त्री कोइरालाले जिल्ला अदालतको फैसला चित्त नबुझे उच्च अदालतसम्म जाने बाटो खुला भएको र उच्च अदालतले दुवै पक्षलाई बोलाएको अवस्थामा अनशन बस्नुको औचित्य नभएकाले अनशन स्थगित गर्न सरकारको पक्षबाट निहारिकालाई आग्रह गरिएको जानकारी दिए । निहारिकाको मागबारे सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

भेटमा निहारिकाले सोचेर आफ्नो राय व्यक्त गर्ने बताएका छन् । भेटमा महान्यायाधिवक्ता खम्बबहादुर खाती, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले, जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा, प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : ४३ बजे

इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने

मङ्गलबारे– डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौं इलाममा जारी तेस्रो इलाम

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन

पक्राउ परे व्यवसायी शेखर गोल्छा

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ