पाकिस्तानमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी « Khabarhub

पाकिस्तानमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन् ।

देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना बढेको जनाएका छन् ।

धेरै विस्थापित मानिसहरू दुर्गन्धित पानी नजिक बसिरहेका छन् । डेंगु ज्वरोले धेरैको ज्यान गुमाइरहेको छ भने मानिसहरू दिनप्रतिदिन संक्रमित बनिरहेका छन् ।

बीबीसीका अनुसार दक्षिणी सिन्ध प्रान्तमा मात्रै स्वास्थ्य अधिकारीहरूले डेंगु ज्वरोका करिब ३ हजार ८३० केस रिपोर्ट गरेका छन् । तीमध्ये  कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

‘समग्रमा सिन्धको अवस्था निकै खराब छ । प्रान्तभर हामीले मेडिकल शिविर प्रबन्ध गरिरहेका छौँ । मलेरियापछि अहिले हामी डेंगुका विरामी देखिरहेका छौँ’, पाकिस्तान मेडिकल संघका महासचिव डा. अब्दुल गफुर सोरोले भने ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ५ : ४८ बजे

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका