भारतीय सेनाले जम्मु कश्मीर र लद्दाखका ६ सय विद्यार्थीलाई छात्रवृत्ति दिने « Khabarhub

भारतीय सेनाले जम्मु कश्मीर र लद्दाखका ६ सय विद्यार्थीलाई छात्रवृत्ति दिने


३० भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जम्मु कश्मीर र लद्दाखमा विभिन्न विद्यालयहरु सञ्चालन गर्दै आएको भारतीय सेनाले त्यहाँका ६ सय विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ ।

भारतीय अनलाइन सञ्चारमाध्यम द प्रिन्टका अनुसार यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतका यी दुई युनियन टेरिटरीका ६ सय विद्यार्थीहरुलाई मुलुकका अन्य स्थानमा विश्वविद्यालय स्तरको शिक्षा प्रदान गरिनेछ ।

भारतीय सेनाको उत्तरी कमाण्डले सन् २०२१ मा सुरु गरिएको ‘जम्मु कश्मीर र लद्दाख विशेष छात्रवृत्ति कार्यक्रम’ अनुसार ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको द प्रिन्टले जनाएको छ ।

आर्थिक रुपमा कमजोर विद्यार्थीलाई मात्र यस किसिमको छात्रवृत्ति दिइने जनाइएको छ । यसबाहेक छात्रवृत्ति पाउने विद्यार्थीले सुरक्षा जोहो र भर्नाका लागि ३० हजार भारतीय रुपैयाँ तिर्नुपर्ने प्रावधान रहेको छ ।

गत वर्ष यस कार्यक्रमअन्तर्गत ३११ जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए ।

छात्रवृत्तिका लागि ठूलो संख्यामा विद्यार्थीहरुले आवेदन दिएका कारण यस वर्ष छात्रवृत्ति पाउने विद्यार्थीको संख्या बढाइएको हो ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ९ : ०५ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम