पाकिस्तानमा सर्वसाधारणलाई ‘यातना दिएको’ आरोपमा चार प्रहरी निलम्बित « Khabarhub

पाकिस्तानमा सर्वसाधारणलाई ‘यातना दिएको’ आरोपमा चार प्रहरी निलम्बित


३० भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा एक जना सर्वसाधारणलाई ‘यातना दिएको’ आरोपमा प्रहरी चौकी प्रमुख सहित चार प्रहरी निलम्बनमा परेका छन् ।

पाकिस्तानको रावलपिण्डी सहरस्थित प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा प्रहरीहरु निलम्बनमा परेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

आफूले सञ्चालन गर्दै आएको स्नूकर क्लबमा प्रहरी आएर आफूलाई धम्की दिएको र क्लब नै बन्द गर्न उर्दी जारी गरेको पीडितको भनाइ छ । साथै उनले प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको र आफूलाई यातना दिएको समेत बताएका छन् ।

पीडितले उजुरी दिएसँगै अनुसन्धानपछि नजिकै सदिकाबादमा रहेको प्रहरी चौकीका प्रमुख ताहिर रेहान र उनी मातहतका अरु तीन जवानलाई निलम्बन गरिएको डनले जनाएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ९ : १७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको