सम्झौताअनुसार काम नगर्ने सुदूरपश्चिमका दुई निर्माण कम्पनी कालो सूचीमा « Khabarhub

सम्झौताअनुसार काम नगर्ने सुदूरपश्चिमका दुई निर्माण कम्पनी कालो सूचीमा


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

डोटी-  सुदूरपश्चिम प्रदेशका दुई निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको छ। सम्झौताअनुसार समयमा काम नगर्ने कैलाली र अछामको निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको हो ।

कृषि विकास निर्देशनालय डोटीले पृथ्वी कन्स्ट्रक्सन वर्दगोरिया गाउँपालिका वडा नम्बर ४ कैलालीलाई कालो सूचीमा राख्न लेखि पठाएको थियो। समयमा सम्झौताअनुसार काम नभएपछि निर्देशनालयले कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखि पठाएको हो। शिवराज सापकोटा सञ्चालक रहेको सो कम्पनीले निर्देशनालयसँग भएको सम्झौताअनुसार समयमा काम नगरेपछि खरिद अनुगमन कार्यालयले सार्वजनिक सूचना नै प्रकाशन गरेर सो कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखेको छ।

यस्तै अछाममा रहेको धैर्यता निर्माण कम्पनीलाईपनि कालो सूचीमा राखिएको छ। भदौ २७ गते सार्वजनिक खरिद अनुगमन कार्यालयले दुवै निर्माण कम्पनीलाई एक÷एक वर्षका लागि कालोसूचीमा राखेको हो।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १० : ३८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको