कांग्रेससँगको सहकार्य चुनावका लागि मात्र होइन : डा भट्टराई « Khabarhub

कांग्रेससँगको सहकार्य चुनावका लागि मात्र होइन : डा भट्टराई


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गोरखा – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा आज आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उनले समृद्धिका लागि कांग्रेससँगको सहकार्य भएको बताए ।

‘प्रतिगमनका विरुद्ध लड्ने क्रममा त हामी सबै एक ठाउँमा आयौँ, त्यो आउनु पनि पथ्र्यो’, उनले भने, ‘त्योभन्दा माथिको जुन विकास र समृद्धिका कुरा गरिरहेका छौँ, त्यसमा पनि वामपन्थी र नेपाली कांग्रेसबीचको सहकार्य नभइकन देशमा दिगो शान्ति हुँदैन, दिगो शान्ति नभए राष्ट्रिय एकता कायम हुँदैन र विकास समृद्धि पनि हुँदैन ।’

उनले विकास समृद्धिका लागि आफूहरूले कांग्रेससँगको सहकार्यलाई दीर्घकालीन महत्व दिएको विषय भएकोसमेत उल्लेख गरे । ‘यसलाई तपाईंहरू खाली चुनावी तालमेल मात्र नभन्नु होला’, उनले भने, ‘कतिपयले कम्युनिष्ट समाजवादी र कांग्रेस माओवादीविपरीत धु्रव चुनावी स्वार्थका लागि आए भन्नेछ त्यो अपवित्र गठबन्धन हो भन्ने गरेका छन्, तर सबैभन्दा पवित्र गठबन्धन यही हो ।’

अध्यक्ष डा भट्टराई गोरखा क्षेत्र नं २ मा आफूले निर्वाचनमा टिकट नपाउने भएर चुनाव नलडेको र प्रचण्डले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्र रहेकोसमेत बताए ।

‘मैले गोरखामा टिकट नपाउने भन्ने पनि होइन, मैले हस्तान्तरण गर्न चाहेको थिएँ, त्यो पूरा भएको छ’, उनले भने, ‘प्रचण्डले चितवनबाट चुनाव नजित्ने भन्ने थिएन तर इतिहास निर्माणका लागि उहाँ गोरखाबाट चुनाव लड्न आउनुभएको हो ।’

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : ४९ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी