‘रुसले खेरसन छोड्नुअघि पावर स्टेशन ध्वस्त बनायो’ « Khabarhub

‘रुसले खेरसन छोड्नुअघि पावर स्टेशन ध्वस्त बनायो’


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले गत साता डिनिप्रो नदीको पश्चिमी किनारबाट पछि हट्नुअघि मुख्य ऊर्जा पूर्वाधार नष्ट गरेको युक्रेनी राष्ट्रिय ऊर्जा कम्पनी युक्रेनेर्गोले जनाएको छ।

“खेरसन क्षेत्रको सम्पूर्ण दाहिने किनारा र माइकोलाइभ क्षेत्रको एक महत्वपूर्ण भागमा विद्युत् आपूर्ति प्रदान गर्ने ऊर्जा सुविधा व्यावहारिक रूपमा नष्ट भएको छ,“ युक्रेनेर्गोका प्रमुख भोलोडिमिर कुद्रितस्कीले फेसबुकमा एक पोस्टमा भने।

उक्त विनाश खेरसोन क्षेत्रको दाहिने किनारबाट भाग्नुअघि कब्जाकर्ताहरूको शक्तिहीन क्रोधको परिणाम भएको उनले बताएका छन्।

‘अधिकांश मुक्त खेरसन क्षेत्र नोभेम्बर ६ देखि बिजुलीविहीन भएको उ कुद्रितस्कीले भने। “हामी जनतालाई जतिसक्दो चाँडो बिजुली आपूर्ति गर्न सक्दो प्रयास गरिरहेका छौं’, उनले थपे।

युक्रेन युद्धमा रुसी सेनाले ठूलो क्षति बेहोरोको विश्लेषण हुन थालेको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : ४० बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा