कर्णाली प्रदेशका १० जिल्लामा १४ हजार सुरक्षाकर्मी परिचालन « Khabarhub

कर्णाली प्रदेशका १० जिल्लामा १४ हजार सुरक्षाकर्मी परिचालन


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लामा साढे १४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

कर्णाली प्रहरीका अनुसार निर्वाचन सुरक्षाका लागि १४ हजार ८ सय ७ सुरक्षा जनशक्ति परिचालन गरिएको हो।

वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा ५ हजार ७ सय २९ नेपाल प्रहरी र ९ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८ सय ७ जना सुरक्षाकर्मी खटाइएको हो।

हुम्ला, डोल्पालगायत जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा निर्वाचन सामग्री र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको लागि हेलिकप्टरको व्यवस्था मिलाएको उनले बताए।

कर्णालीमा २ सय ६७ मतदानस्थल अति संवेदनशील छन्। कर्णालीमा १० लाखभन्दा धेरै मतदाता रहेका छन्।

 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ०५ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्