अमला र चरिअमिलो खाएर हुर्किएको बाल्यकाल « Khabarhub

अमला र चरिअमिलो खाएर हुर्किएको बाल्यकाल



काठमाडौँ – चरिअमिलो बूढापाकाहरूले अरू घाँसपातसँगै मिसाएर गाईलाई खुवाउँछन्। यसले गर्दा दूध उत्पादन बढ्छ। युरोपतिर चरिअमिलोलाई सलादमा हालेर खाएको पनि देखिएको छ। सानो छँदा खुब भाँडाकुटी खेलिन्थ्यो। ठूला मानिसको देखासिकी गर्दै भोज पनि गथ्र्यौं। भाँडाकुटी खेल्दा गरिने भोजमा एउटा व्यञ्जन चरिअमिलोको पात हुन्थ्यो।

त्यो पात कहिले दाल, भात, तरकारी त कहिले अचार भन्दै खाने गथ्र्यौं। त्यो बालापनले जे सिकायो, त्यही गरियो। तर त्यसको महत्व थाहा थिएन। अमिलो रस हुने चरिअमिलो एउटा औषधीय गुणयुक्त वनस्पति पो रहेछ। यसको वैज्ञानिक नाम भने ‘अक्जालिस कोनिक्युलेटा’ हो। चरिअमिलो ठूलो र सानो गरी दुई खालको हुन्छ। यसमा क्यारोटिन, क्याल्सियम, अक्जेलिक अम्ल र भिटामिन ‘सी’ जस्ता पोषणतत्त्व पाइन्छन्।

चरिअमिलोमा रहेको भिटामिन ‘सी’ ले शरीरमा रोगसँग लड्ने शक्ति दिन्छ। आधुनिक भिटामिन ‘सी’ शरीरले आफैं उत्पादन गर्न सक्दैन। तर हरेक दिन रोगसँग लड्न आवश्यक पर्ने नयाँ कोषहरू बनाउन भने यही आवश्यक पर्छ।

सानो छँदा अमला खाएर पानी पिउँदा गुलियो हुन्छ भनेर खुब अमला खाइन्थ्यो। ५० वर्षअघि २५ पैसामा पोल्टाभरि अमला आउँथ्यो। सुकेको अमलाको तितौरा साथीहरूसँग बाँडेर खाँदाको स्वाद नै बेग्लै हुन्थ्यो।

पिरो र नुनमा मोलेको अमला खाँदा जुन स्वाद आउँथ्यो, त्यो जिब्रोमा अझै बसेको छ। मलाई याद छ, हजुरआमाले छिमेकका गर्भवती महिलालाई अमलाको तितौरा बनाएर दिनुहुन्थ्यो। बच्चा राम्रो हुन्छ भन्दै दिइने त्यो अमलाले गर्भवतीको शरीरको रोगसँग लड्ने शक्ति बढाउने हुनाले सायद हजुरआमाले त्यो उपहार दिनुभएको होला।

मलाई खुब मनपर्ने हुनाले नाङलोमा सुकाएको तितौरा हजुरआमाको आँखा छलेर आफ्नो घाँगरको गोजीमा हाल्थेँ। हजुरआमा भने कौसीमा सुकाएको तितौरा चराले खायो भनेर फतफताउनु हुन्थ्यो। म चाहिँ मेरो चोरी पत्ता लागेन भनेर खुसी हुँदै, गोजीको अमलाको तितौराको रस लिन्थेँ।

आयुर्वेदले अमलालाई अमृतफल भनेर सम्बोधन गरेको छ। यसलाई काष्ठौषधि (बोटबिरुवाबाट बनाइने औषधि) र रसौषधि (धातु-खनिजबाट बनाइने औषधि) पनि भनिन्छ। सुश्रुतसंहिताले अमलालाई शरीरमा भएको विभिन्न खालका दोषलाई मलका रूपमा बाहिर निकाल्न सहयोग गर्ने औषधीय गुण भएको फल भनेर चिनाएको छ।

अमलामा प्रचुर मात्रामा भिटामिन सी, एमिनो एसिड, मिनरल र न्युट्रियन्स पाइन्छ। यसमा क्याल्सियम, फस्फोरस आइरन, क्यारोटिन, थियामिन आदि पनि पाइन्छ। कब्जियत रोक्नका लागि प्रयोग गरिने त्रिफलामा अमला रहेको हुन्छ।

तर त्रिफलाको विज्ञापन राम्रा-राम्रा हिरो-हिरोइनले गर्दैनन्। त्यसैले त्रिफलाको महत्व कसैले बुझ्दैनन्। कब्जियत हटाउन महँगो औषधिहरूको प्रयोग गरेर खुसी हुने हाम्रो चलन छ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  १२ : ५३ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले