लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सहज जित « Khabarhub

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सहज जित


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अनुभवी खेलाडी रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्धतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा भ्रमणकारी टोली म्युनिखले एफसी कोइनलाई ४–० अन्तरले पराजित गर्यो । पहिलो हाफमा २ गोल गरेको म्युनिखले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

म्यनिखको १९ औं जितमा लेवान्डोस्कीले ह्याट्रिक गरे भने करेन्टिन टोलिसोले एक गोल गरे । खेलको ७४ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । यस्तै, खेलको २५ औं मिनेटमा टोलिसोले गोल गरे ।

जितसँगै बायर्नले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । उसको १९ खेलबाट ४६ अंक छ । दोस्रो स्थानको डर्टमण्डको समान खेलबाट ४० अंक रहेको छ । पराजित कोइन भने समान खेलबाट २८ अंक सहित आठौं स्थानमा छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : ०२ बजे

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको